Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
श्रेष्ठ टेलरिङ सेन्टरद्धारा दशैमा छुट

बुटवल ।  बुटवल –८ नेपालगंज रोड स्थित श्रेष्ठ टेलरिङ सेन्टरले दशैको अवसरमा सिलाई तथा कपडामा छुट अफर योजना ल्याएको छ । 
दशैं पर्वको अवसरमा उक्त टेलरिङ सेन्टरले ‘श्रेष्ठ टेलरिङ छुट अफरः खुसीयालीमा दशैं फेस्टिवल’ योजना  ल्याएको हो । भदौ २६ गतेदेखि सुरु भई असोज १० गते सम्म संचालन हुने उक्त छुट अफर प्याकेजमा ल्याईएको संचालकले मंगलवार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन ।  सिलाई सहित सर्ट –पाईन्ट र सर्ट पाईन्ट कोट गरी दुई प्याकेजमा भारी छुट दिइने जनाईएको छ ।
अफर योजना अन्तर्गत सर्ट पाईन्टको कपडा र सिलाई समेत गरी २ हजार १ सय १५ रुपैया र २ हजार ६ सय ५० रुपैयाको प्याकेज  तथा कपडा र सिलाईको समेत गरी सर्ट पाईन्ट र सुट सेटको ६ हजार ५सय रुपैया  र ७ हजार ५ सय रुपैयाको कोट पाईन्ट र सर्टको प्याकेजमा मुल्य निर्धारण गरिएको सेन्टरले जनाएको छ ।  कपडाको गुणस्तरलाई मध्यनजर गरी फरक–फरक मुल्य निर्धारण गरिएको जनाईएको छ ।  छुट्टा– छुट्टै दुई प्याकेजमा स्तरीय सिलाई र गुणस्तरीय कपडा रहेको पत्रकार सम्मेलनमा जानकारी दिईयो  ।
हाई क्वालिटीका कपडा खरिदमा विशेष छुट तथा सिलाईमा पनि छुट दिइने उक्त टेलरिङ सेन्टरले जनाएको छ । वुटवलको स्थापित टेलरिङ सेन्टरको रुपमा पहिचान वनाएको  श्रेष्ठ टेलरिङ सेन्टरले ग्राहकको विश्वास सहयोग र सद्भावले सफलता हासिल गरेको जनाएको छ । 
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ – ग्राहक वर्गको अपार माया, सहयोग  र सदभाव गर्दा सफलतातिर लम्कीरहेको यो सेन्टरले यसको श्रेय ग्राहक वर्गलाई पनि दिनु पर्छ भन्ने मान्यता राखी छुट अफर ल्याएको छ , यसवाट ग्राहक उपभोक्ताहरु लाभान्वित हुने अपेक्षा गरेका छौ ।’ उक्त टेलरिङ सेन्टरले दशैमा हरेक नेपालीको शरिरमा नया कपडा, निधारमा  टिका र जमरा होस भन्ने चाहना राखेको जनाउदै त्यसैलाई मध्यनजर गरी दशै पर्वको अवसरमा छुट अफर योजना ल्याएको जनाएको छ । 

0 comments

तपाईंको प्रतिकृया