Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
नेता वोगटीको स्मृतीमा देशैभर श्रद्धाञ्जली सभा

बुटवल । हृदय तथा मस्तीष्कघातबाट निधन भएका एमाओवादीको उपाध्यक्ष स्व. पोष्टबहादुर वोगटीको स्मृतीमा एमाओवादीले देशभर आईतवार श्रद्धाञ्जली कार्यक्रम गरेको छ । 
एमाओवादीले रुपन्देहीको वुटवल र तिलोत्तमा नगरपालिका करहियामा पनि श्रद्धाञ्जली कार्यक्रम गरेको थियो । कार्यक्रममा वोल्दै नेताहरुले वोगटीले देखाएको वाटोलाई अनुसरण गरे मात्र उनि प्रति सच्चा श्रद्धाञ्जली हुने बताए । 
एमाओवादीका स्थायी समिती सदस्य चन्द्र प्रकाश खनालले पार्टीलाई एकतावद्ध वनाउन नेता वोगटीको महत्वपुर्ण भुमिका निर्वाह गरेको उल्लेख गरे । उनले ‘जनयुद्ध’मा पश्चिम कमाण्डको नेतृत्व सम्हाल्दाको क्षण स्मरण गर्दे नेता वोगटीको कार्यशैली र सन्तुलन कायम गर्ने कौशलता अनुकरणीय भएको बताए ।  उनले भने– उहा समन्वय र सन्तुलन गर्ने एमान्दार राजनितीक व्यक्तित्व हुनुुहुन्थ्यो पार्टीमा उनको अभाव खड्की रहनेछ ।’ 
एमाओवादीका केन्द्रिय सदस्य वामदेव क्षेत्रीको अध्यक्षतामा भएको श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेसका हरिप्रसाद आचार्य, पश्चिम नेपाल वस व्यवसायी संघका दधीराम खरेल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष यानेन्द्र जीसी, एमाओवादीका यज्ञ पोख्रेल, सन्तोष रसाईली लगायतले वोलेका थिए । त्यसै गरी करिहियामा भएको कार्यक्रममा संघर्ष समितीका संयोजक उमेश खनाल, युवराज पाण्डे, हेमन्त पाण्डे, पुरन यादव, राजेन्द्र वम, इश्वरी प्रसाद मरासिनी लगायतले  नेता वोगटी सवैको साझा नेताको रुपमा स्थापित भएको बताउदै उनको निधनले पार्टीलाई अपुरणीय क्षती पुगेको बताएका थिए ।

0 comments

तपाईंको प्रतिकृया