Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
शान्ति समिती पुनर्गठन हुन सकेन

बुटवल ६ असोज । स्थानिय शान्ति समिती रुपन्देहीले  बुटवल नगरपालिका नगरस्तरीय शान्ति समिती गठन गर्न असफल भएको छ । बुटवल नगरपालिकामा २०६८ मा नगरस्तरीय शान्ति समिती गठन भएको थियो ।
लामो समयदेखी समिती निस्कृय रहेकाले पुनर्गठन गर्न सोमवार विभिन्न संघसंस्था सहित सर्वदलिय भेला वोलाईएको थियो । भेलामा नेकपा एमाले र नेपाली कांग्रेस उपस्थित नभएपछि दशै पछि मात्र पुन भेला आव्हान गर्ने भनि निर्णय शान्ति समिती रुपन्देहीका सदस्य केदार काफ्लेले बताए । 
भेलामा एमाले र कांग्रेसका प्रतिनिधी उपस्थित नहुनुको कारण भने फरक थियो । उनिहरु राजनितिक एजेण्डा वा कुनै शान्ति समितीप्रति असन्तुष्टी भएर  भेलामा अनुपस्थित भएका होईन । एउटै कारण थियो – समयमै कार्यक्रम शुरु नहुनु ।
बुटवल नगरपालिका समन्वयमा नगरस्तरीय शान्ति समिति पुनर्गठनको लागी भेला बोलाईएको थियो विहान ११ वजे तर कार्यक्रम १२ वजे पछि मात्र शुरु भयो । समिती पुनर्गठनमा चर्को वहस गर्ने योजना सहित नगरपालिका छिरेका ति दलका प्रतिनिधी कार्यक्रम ढिलोहुने संकेत पाएपछि वाहिरिएका थिए ।
एमाओवादीका प्रतिनिधी प्रेम गुरुङले कार्यत्रमm हुने शुरसार नदेखेपछि कांग्रेसका नगर सभापति खेलराज पाण्डे र एमालेका प्रतिनिधी वाहिरीएको बताए । उनले भने–वाहिर कुरयौ कार्यक्रम शुरु भएन उहाहरु जानु भयो ।’  ति दलका प्रतिनिधीहरुले ‘हामीविना कसरी समिती पुनर्गठन हुदो रहेछ हेरौ’ भने पछि दशै पछि पुन भेलाको आव्हान गर्ने निर्णय भएको बताईएको छ । 
 कार्यक्रममा वुटवल नगरपालिकाका कार्यकारी अधिकृत धु्रवबहादुर खड्काले स्थानिय शान्ति समितीले द्धन्दको कुरा भुलाई शान्ति कायम गर्न महत्वपुर्ण काम गरेको बताए । भेलामा सहभागी विभिन्न राजनितीक दल तथा संघसंस्थाका प्रतिनिधीहरुले नगरस्तरीय शान्ति समितीमा काम हुन नसकेको बताए पछि  समितीका संयोजक ज्योतिलाल विक स्पष्टीकरण दिदै वजेट अभावमा कुनै पनि कार्यक्रम गर्न नसकिएको बताए । उनले यसो भनिरहदा नगरस्तरीय शान्ति समितीलाई आएको ४५ हजार वजेट खर्च हुन नसकी फ्रिज भएको समितीका कर्मचारीहरुले बताएका थिए ।

0 comments

तपाईंको प्रतिकृया