सर्वपक्षीय राजनीतिक सम्मेलन गर्न सकिन्छ : प्रधानमन्त्री कोईराला
काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले सर्वपक्षीय राजनीतिक सम्मेलन गर्न आफूहरु तयार रहेको बताएका छन् ।
नेकपा माओवादीको मागअनुसारको सर्वपक्षिय सम्मेलन गर्न सकिने तर नयाँ संविधान भने संविधानसभाबाटै जारी हुने उनको भनाई छ । प्रधानमन्त्री कोइरालाले बैद्य माओवादीसँगको वार्ता सकारात्मक रहेको बताए ।संविधानका विवादित विषयहरुमा सहमति जुटाउन सबै प्रयत्नशिल रहेको भन्दै उनले माघ ८ गतेभित्रमै संविधान जारी गर्ने विषयमा शंका नगर्न आग्रह गरे । उनले भने(’हामी सहमतिको लागि प्रयत्नशिल छौं । सकेसम्म भदौ २१ गतेभित्रै शासकीय स्वरुप र संघीयताको विषयमा सहमति हुन्छ ।’

सहमतिबाट हुन नसके विधि र प्रक्रियाबाट टुङ्ग्याउने भन्दै उनले भने(’२१ गतेभित्रै विवाद सहमीबाटै टुङ्िगन्छ, भएन भने माघ ८ गतेभित्रै संविधान जारी गर्न पनि प्रक्रियामा जानुको विकल्प छैन ।’
संविधानका अन्तरवस्तुमा एमाले र कांग्रेसले साझा धारणा बनाइरहेको भन्दै उनले एमाओवादी र नेकपा माओवादीलाई सहमतिमै साथमै लिएर संविधान जारी गर्ने बताए ।

0 comments
तपाईंको प्रतिकृया