सरकारी सम्पत्तिमा व्यवसायीको दादागिरी
टेण्डर रोक्न आन्दोलन गर्ने धम्की
बुटवल । लुम्विनी अंचल अस्पतालको सटर आफ्नो ‘पैतृक सम्पत्ति’ जस्तै हालीमुहाली गर्ने उदेश्य सहित हाल सटर उपभोग गरिरहेकाहरु लागि परेका छन ।
यहांका उद्योगी व्यवसायी सम्वद्ध विभिन्न संघसंस्थालाई आफ्नो प्रभावमा पारेर उनिहरुले विधि ऐन नियम प्रकृयालाई चुनौती दिन लागेका हुन । विभिन्न संघ संस्थाका पदाधीकारी तथा सदस्यहरुलाई आफ्नो हातमा लिने प्रयास गरेका हुन । त्यसको लागी प्रयाप्त मात्रामा लगानी गरेको श्रोतको भनाई छ ।
सोमवार पनि उक्त विषयमा छलफल गर्न बुटवल उद्योग बाणिज्य संघको सचिवालयमा भेला वस्यो । भेलाले सटर व्यवसायीलाई साथ दिने प्रतिवद्धता जनाएको वताईएको छ । यसले के पुष्टी हुन्छ विधि प्रकृया र नियमलाई कुल्चदै सरकारी सम्पत्तिको भोग चलनको लागी संस्थागत निर्णय गरिदैछ । बुटवलका बिभिन्न स्थानका सरकारी, सामुदायिक तथा निजी कम्प्लेक्समा भाडामा बस्दै आएकाहरुले लुम्विनी अञ्चल अस्पतालको सटर टेण्डर प्रक्रियाको बिरोधमा सटर यवसायीले सुरु गरेको आन्दोलनमा साथ दिने निर्णय गरेका हुन ।
बुटवल नगरपालिकाको हाटबजार क्षेत्र, अमरपथ र तरकारी तथा फलफुल थोक बजार केन्द्र पुरानो बसपार्क, कान्ति उच्च माबि, कालिका उच्च माबि, बुटवल जेसीज, प्रहरी सपिगं कम्प्लेक्स लगायतका स्थानमा सटर लिई व्यवसाय गरीरहेका व्यवसायीहरुकोे भेलाले अस्पतालको सटर टेण्डरप्रक्रिया नरोकिदासम्म सबै आन्दोलनमा साथ दिने निणर्य व्यवसायीहरुले गरेका छन ।
बुटवल उद्योग बाणिज्य संघको अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा रुपन्देही उद्योग संघका महासचिव बिष्णु कुमार श्रेष्ठ, व्यापार संघका अध्यक्ष श्रीकृष्ण पोख्रेलको उपस्थितिमा भएको भेलामा लुम्विनी फलफुल तथा तरकारी थोक केन्द्रका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पोख्रेल, बुटवल सपिगं कम्प्लेक्सका केशवराज पौडेल, बुटवल प्लाजाका हेमानन्द शर्मा , प्रहरी सपिङ कम्प्लेक्सका भीमराज श्रेष्ठ कालिकाका नित्यानन्द ज्ञवाली, बाबुराम भुसाल लगायतले व्यवसायलाई बिस्थापित हुन नदिन आफुहरुले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका थिए । तर यहाका सचेत नागरिक समाज उद्योगी व्यवसायीहर भने टेण्ठर मार्फत अस्पतालको सटर भाडामा लगाउनु पर्ने वताउदै आएका छन।
लुम्विनी अंचल अस्पताल प्रशासनले भने भदौ १ गते सुचना प्रकाशन गरी सटरहरु भाडामा लगाउन ठेण्डर आव्हान गरेको छ । भदौ ३० गते अन्तिम मिती रहेको उक्त टेण्डरको लागी १ सय भन्दा वढि निवेदन परेको वताईएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटकपटक सटरहरु भाडामा लगाउन निर्देशन दिएपछि अस्पतालले टेण्डर आव्हा गरेको मेडिकल सुपरिटेण्डन तारनाथ पौडेलले बताएका छन ।

0 comments
तपाईंको प्रतिकृया