बाढी पिडितका लागी साढे दुइ लाख सहयोग
भैरहवा । शान्ति बुद्धगुम्बा भैरहवाले पहिरो पिडित तथा बाढिपिडित हरुका लागी २ लाख ४८ हजार ७ सय ५ रुपैया तथा जिन्सी समान सहयोग गरेको छ ।
सुरुमा सिन्दुलीमा पहिरोबाट घरबारबिहिन हुन पुगेका परिवारका लागी सहयोग पुराउने उद्धेश्यले आर्थिक संकलन गरिएको भए पनि पश्चिमको दाङ क्षेत्रमा पनि बाढीले सर्बसाधरणको परिवारमा क्षति पुराएको खवरले दुबै क्षेत्रमा सहयोग पराउने उद्धेश्यले आर्थिक तथा जिन्सी समान संकलन गरि सहयोग पुराएको उक्त गुम्बाका अध्यक्ष आसबहादुर गुरुङले जनाए ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीको इजाजत लिइ स्थानिय सिद्धार्थनगरबासी तथा शान्ति बुद्धगुम्बा परिवार संग आर्थिक तथा जिन्सी सहयोग उठाइ पिडित परिवारलाई सहयोग गरिएको गुम्बाकी सचिव नन्दा गुरुङले बताइन ।
स्थानिय र गुम्बा परिवारको सहयोगबाट प्राप्त रकम मध्य दाङका बाढी पिडितहरुलाई नेपाल बैकं लिमिटेड दाङ शाखाको खाता नं.२७।११।५०।१८१ मा रु ५८ हजार ७ सय ५ रुपैया जम्मा गरिएको र जिन्सी समान बाढी पिडितहरु बसोवास गरेको क्षेत्रमा नै गुम्बा परिवार पुगेर नेपाल रेडक्रस दाङ शाखाको रोहवरमा हस्तान्तरण गरिएको गुम्बा परिवारले जनाएको छ ।
सिन्धुलीमा पहिरोमा परेका परिवारका लागी भने जिन्सी समान पुरान यातायातको समस्या रहेकाले आर्थिक सहयोग मात्र गरिएको छ । सुनकोशी पहिरो पिडित राहत उद्र्धार कोषको खाता नं.००१००।२३५९।सिए मा रु १ लाख ९० हजार जम्मा गरि नेपाल सरकारलाई हस्तारण गरिएको गुम्बाकी महिला समुहकी अध्यक्ष भाइकुमारी गुरुङले जानाकारी दिइकी छिन् । पहिरो तथा बाढीमा परेर ज्यान गुमाएकाहरुको आत्मशान्तिको लागी र पिडितहरुका लागी सहयोग पुराउने दानदाताहरुका जिवन समेत सुखदहोस भनेर शान्तिबुद्ध गुम्बाले १ सय ८ दिप प्रज्वलन समेत गरेको जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया