Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सकियो बुटवलमा घुम्ति किम्फ

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही र हिमाल एशोसियसनको संयुक्त आयोजनामा बुटवलमा गरिएको घुम्ति किम्फ २०१४ को सोमवार समापन भएको छ ।
दुई दिन सम्म वुटवलमा संचालन भएको उक्त घुम्ति किम्फमा हजारौ दर्शकले अवलोकन गरेका थिए । आईतवार ३ शो तथा सोमवार ४ सो गरिएको थियो भने पश्चिम क्षेत्रिय प्रहरी तालिम केन्द्रमा पनि किम्फका उत्कृष्ट फिल्म देखाईएको थियो ।
देखाईएको फिल्म मध्ये वालकृष्ण सम, जर्नि टु यार्सा, तथा टोनी हेगनको जिवनीसंग जोडिएको पहिलेको ‘नेपाल’ दर्शकले औधी मन पराएका नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव तथा कार्यक्रम संयोजक रुद्रहरि कु“वरले जानकारी दिए । उनका अनुसार विद्यार्थीहहरुको चापका कारण सोमवार पुर्व निर्धारित तालिका भन्दा वढि ३ वजे पछि एक शो थपिएको थियो । सनिवार अमरपथमा पव्लिक शो पनि गरिएको आयोजकले जनाएका छन ।
सोमवार विहानको प्रदर्शनीमा यस क्षेत्रका प्रतिष्ठित उद्योगी व्यवसायी सरकारी कर्मचारी, राजनितीक दलका नेताहरु, संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।  हिमाल एशोसियसनका कार्यक्रम संयोजक प्रकाश विक्रम शाहले रुपन्देहीमा ओर्लिएको दर्शकले संस्थालाई उत्साह थपिएको बताउदै प्रदर्शनीलाई निरन्तरता दिने बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर वहादुर केसीले पत्रकार कल्याणकारी कोष सहयोगार्थ घुम्ति किम्फमा सहयोग पुराउनु हुने सवैलाई धन्यवाद दिएका छन ।

0 comments

तपाईंको प्रतिकृया