Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
शैक्षिक तथा खाद्य सामाग्री प्रदान

बुटवल । रोटरी क्लव अफ वुटवल डाउन टाउन र रोट्याक्ट क्लव अफ बुटवल डाउन टाउनले रुपन्देही  मणिग्राममा रहेको शान्ति नमुना उमाविमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुलाई शैक्षिक तथा खाद्य सामाग्री प्रदान गरेको छ ।
आईतवार एक कार्यक्रम गरी क्लवले ब्रेल लिपि पेपर–२२ बन्डल समेत गरी करिब २० हजार रुपैया वरावरको सामाग्री प्रदान गरेको हो । रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष नरवहादुर श्रीसले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष–शरद भट्टराईलाई सहयोग हस्तान्तरण गरेको थियो  । चामल, तेल,विस्कुट, चकलेट, दाल , कापी, ब्रस दुथपेष्ट लगायतका सामाग्री प्रदान गरेको रोटरी क्लव अफ वुटवल डाउन टाउनका सदस्य बरुण पौडेलले जानकारी दिए ।
सो अवसरमा रोटरी क्लव अफ वुटवल डाउन टाउनका पुर्व अध्यक्ष भिमराज श्रेष्ठ, सह सचिब जमिल कक्षपति , विद्यालयका प्राचार्य–घनश्याम ज्ञवाली,  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष–शरद भट्टराई,  विद्यार्थीको तर्फबाट गणेश थापा,  रोट्याक्ट क्लव अफ वुटवल डाउन टाउनका अध्यक्ष बालकृष्ण पाण्डे लगायतले वालेका थिए ।

0 comments

तपाईंको प्रतिकृया