उद्योगको विकासको लागी औद्योगिक क्षेत्रको विस्तार हुनुपर्छ : मन्त्रि वस्नेत
वि सं २०४५ देखी नेपालमा औद्योगिक क्षेत्र विस्तार हुन सकेको छैन । भएका औद्योगिक क्षेत्रको व्यवस्थापनमा राज्यले चासो नदिदा औद्योगिक विकासमा असर पुगेको छ । भने आर्थिक विकासको मेरुदण्ड औद्योगिक विकासको गति वढ्न सकेको छैन । औद्योगिक विकासको लागी के गर्न सकिन्छ यसै विषयमा उद्योगमन्त्रि महेश वस्नेतसंग गरिएको कुराकानीको संपादित अंश :
तपाई एक युवा उद्योग मन्त्रि हुदा कस्तो अनुभुत गर्नुभएको छ ?
उद्योग मन्त्रालय कसैको प्राथमिकतामा नपरेको मन्त्रालय हो । दलहरुको पनि यो मन्त्रालयलाई आकर्षणको मन्त्रालय भन्दा बाहिरको मन्त्रालयको रुपमा लिने गर्छन । कोही अवसरको लागी मन्त्रि गर्छन भन्ने सुन्छु तर म कुनै अवसरको लागी मन्त्रि वनेको होईन । यसलाई म अवसर लिने भन्दा पनि जिम्मेवारी निर्वाह गर्ने उदेश्य राखेको छु । काम गर्ने जिम्मेवार पाएको छु जती सक्छु काम गरेर देखाउछु यो मन्त्रालयलाई आकर्षक मन्त्रालयको रुपमा स्थापित गराएर छाड्छु ।
कसरी औद्योगिक विकास गर्न सकिन्छ त ?
यसमा राजनितक दलहरुको प्रतिवद्धता आवश्यक देख्दछु । किनकी विगत देखीनै राजनितीक दलहरुले उद्योग मन्त्रालयलाई सामान्य रुपमा लिए र त्यस तर्फ चासो देखाएनन । त्यसकारण यो मन्त्रालय अरु मन्त्रालय जस्तो आकर्षणको मन्त्रालय हुन सकेन । मुलुकको औद्योगिक विकास विना मुलुकको विकास सम्भव छैन । यसलाई राजनितीक दलहरुले वुझेर लाग्नु पर्छ । निजी क्षेत्रलाई प्रोत्साहन गर्ने वातावरण श्रजना गरियो भने मात्र औधोगिक विकास गर्न सकिन्छ । सवै उद्योगी व्यवसायीको साझा मन्त्रालय वनाउन सकिन्छ ।
औद्योगिक विकासका लागी ऐन कानुन तथा निती सान्दर्भिक छन ?
उद्योग मैत्री नितीको अभावमा नेपालमा औद्योगिक विकास हुन सकेको छैन । पुराना ऐन कानुनले नेपालमा औद्योगिक विकासमा सपोर्ट गर्देनन । त्यसैले मैले केमा प्राथमिकता दिएको छु भने भएका ऐन कानुनलाई समानुकुल परिमार्जन गर्ने र निजी क्षेत्रलाई उद्योगमा लगानी गर्न आकर्षण गर्ने खालको उद्योग निती तथा कानुन निर्माण गर्ने । यसो गरियो भने भएका उदोगलाई संरक्षण प्रवद्र्धन हुने र नया उद्योग कलकारखानाहरु खुल्नेछन । यसले आर्थिक विकासमा महत्वपुर्ण भुमिका खेल्ले छ । तपाईलाई वताउ की उद्योग सम्वन्धी ९ वटा ऐन तयार हुदैछन विधेयको रुपमा संसदमा पुगि सकेको छ । संसद अवरुद्ध हुदा त्यो छलफलमा प्रवेश पाएको थिएन । अव ति विधेयकमा छलफल हुनेछ । त्यस पछि क्याविनेटवाट पारित गराउछु ।
औद्योगिक विकासको लागी तपाईको खास योजना के छ ?
मैले पहिले पनि भने नेपालमा उद्योगको विकास विना आर्थिक विकास असम्भव प्राय छ । व्यापार घाटा वढेर गएको छ । आयातमुखी अर्थतन्त्रले मुलुकलाई धान्न सक्दैन । त्यसैले उत्पादनलाई ध्यान दिन सकिएन भने अर्थतन्त्र विग्रेर जान्छ । त्यसैले उत्पादनलाई जोडेर युवाहरुको रोजगारलाई जोडेर उद्योगको विकास गर्नु पर्छ । उद्योगको विकासको लागी औद्योगिक क्षेत्रको विस्तार हुनु पर्छ । २०४५ साल देखी यता कही पनि नया औद्योगिक क्षेत्र स्थापना भएका छैनन । मेरो योजना के छ भने प्रत्येक निर्वाचन क्षेत्रमा औद्योगिक क्षेत्र वा ग्राम वनाउनु पर्छ । यो निती अगाडी पढाइयो भने उद्योग स्थापनाको लागी जग्गा अभाव हुदैन । औद्योगिक क्षेत्रको विस्तार जग्गाको अभाव भएर होईन दिमाग साघुरो भएर हो । पहिले राणाहरुले महल वनाउदै तर शौचालय वनाउदैनथे किन भने चेतना थिएन । त्यस्तै औद्योगिक क्षेत्रको विकासको लागी चेतनाकै अभाव भएर यस्तो समस्या आएको हो ।
अहिले ५० हजार युवालाई रोजगारी दिने भन्नु भएको छ अहिले नै सम्भव छ ?
गर्ने हो भने असम्भव भन्ने कुरा केही छैन । सम्भव छ । वेरोजगार समस्या समाधानको लागी औद्योगिक विकास महत्वपुर्ण पक्ष हो । प्रत्येक निर्वाचन क्षेत्रवाट २ सयका दरले २ सय ४० निर्वाचन क्षेत्रका ४८ हजार युवाहरुलाई शिपमुलक तालिम दिने हो भने जनशक्तिको अभाव हुदैन । त्यसको लागी उद्योग मन्त्रालयलाई २ अर्व ८० करोड वजेट आवश्यक पर्छ । सहिद परिवारलाई वितरण गर्ने पैसाले ५० हजार युवालाई रोजगारी मिल्छ । यदी २ अर्व ८० करोड रुपैया खर्च गर्ने हो भने ५० हजार युवाहरुलाई रोजगारी दिन सकिन्छ । युवाहरुलाई दैविप्रकोप उद्धार तालिम पनि सदिन सकिन्छ । विकास निर्माणमा लगाउन सकिन्छ युवा वेरोजगार समस्या यसरी समाधान गर्न सकिन्छ । त्यस तर्फ मैले ध्यान दिने छु । अर्काे कुरा विशेष आर्थिक क्षेत्र संचालनको अन्तिम गृहकार्य भएको छ । आयात प्रतिस्थापनको लागी उत्पादनलाई प्राथमिकता दिनै पर्छ ।
शहिद तथा वेपत्ता परिवारलाई दिने भनिएको रकम किन यो क्षेत्रमा लगानी गर्ने ?
अनुत्पादन क्षेत्रमा लगानी गरेर केही हुदैन । पैसा वाडेर हुदैन । उत्पादनसिल क्षेत्रमा लगानी गर्नुपर्छ त्यसले मात्र प्रतिफल दिन्छ । यस अर्थमा मैले शहिद तथा वेपत्ता परिवारलाई दिने रकम रोजगार मुखी क्षेत्रमा लगानी गर्नु पर्छ भनेको हु“ । शिपमुलक तालिम दिने रोजगार तथा स्वरोजगार वनाउने कार्यमा लगानी गरेमामात्र यसको सही सदुपयोग हुन्छ । तालिम लिनेको हकमा गरिव अत्पसंख्यक शहिद तथा वेपत्ता परिवार तथा द्धन्द प्रभाविक परिवारका सदस्यहरुलाई प्राथमिकता दिन सकिन्छ । हामीले पहिले भन्यौे ‘वेरोजगारलाई भत्ता देउ’ युवा संघले यस नारालाई परिमार्जन गरयौें ‘वेरोजगारलाई रोजगार देउ, रोजगार दिन नसके भत्ता देउ’
सरकारी लगानीका उद्योगहरु धमाधम वन्द भएका छन त ?
अब सरकारले उद्योग संचालन गर्देन । उद्योगमैत्रि वातावरण तयार गर्छ । लगानी गर्ने वातावरण मिलाउछ । सरकारको स्वामित्वमा रहेका धेरै उद्योगहरु वन्द भईका छन केहीलाई संचालनको लागी निजी क्षेत्रलाई दिईएको पनि छ । वन्द उद्योग संचालनको लागी कसरी सम्भव हुन्छ । निजी क्षेत्रलाई लिजमा दिएर वा केही शेयर विक्रि गरेर ३ पिको अवधारणामा वा सहकारी मार्फत कसरी संचालन गर्न सकिन्छ त्यसको अध्ययन गरेर अगाडी वढ्ने छु । वुटवलको धागो कारखाना । विरगंज चिनी कारखाना संचालनको लागी निजी क्षेत्रले चासो देखाएको छ त्यो सकारात्मक छ । वुटवलको धागोकारखाना संचालनको लागी प्राथमिकता दिने छु । यो उद्योगलाई पुन संचालनको लागी ७० करोड लगानी गर्नु पर्ने प्रतिवदेन प्राप्त भएको छ । मैले आज (सनिवार) विहान धागो कारखाना अवलोकन पनि गरे । आधुनिक मेसिन जडान गर्नु पर्ने र पुरानालाई मर्मत गर्नु पर्ने देखिएको छ । यो कारखाना संचालन हुने सम्भावना देखिएको छ । संचालनको लागी मैले पहिलो प्राथमिकता दिने छु ।
अन्त्यमा
युवा शक्ति कान्तिकारी सक्ती हो । पाकापुस्तामा यथास्थितीवादी चिन्तन हुन्छ । युवामा नया प्रविधीको ज्ञान तथा केही गर्छु भन्ने साहस हुन्छ । पाकापुस्ताले युवाहरुलाई हौसला र प्रेरणा दिनुपर्छ नेतृत्वमा लैजानु पर्छ । हरेक राजनितीक दलहरुले युवालाई अगाडी वढाउन सक्नु पर्छ । मुलुकको विकास गर्ने युवाको काधमा जिम्मेवारी आएको छ ।

0 comments
तपाईंको प्रतिकृया