Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सहमति समितिको प्रतिबेदन संविधानसभामा पेस

 काठमाडौं । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले संविाधान सभामा प्रतिबेदन पेस गरेका छन्  ।
 सभापति  भट्टराईले विभिन्न ३० वटा विषयमा सहमति जुटेको बताएका थिए । २४ पृष्ठको प्रतिबेदनमा सहमति भएका विषयहरुलाई समावेश गरिएको छ । समितिले ३ वटा संवैधानिक आयोग गठन गर्ने, चार प्रकारका नागरिकता वितरण गर्नेलगायतका सहमति गरीसकेको छ ।
त्यसैगरी समितिले राज्य पुनसंरचना र राज्य शक्तिको बाँडफाँट समिति, राज्यको शासकीय स्वरुप निर्धारण समिति र न्याय प्रणालीलगायतधका विषयमा विवाद भने टुङ्ग्याउन सकेको छैन । 
यस अघि संविधानसभाले गत असोज २ गते संविधानका अन्तरवस्तुमा सहमति भएका विषयका प्रतिवेदन तयार पार्न असोज १४ गते र विवादित विषयहरुको प्रश्नावली तयार पार्न २१ गतेसम्मको समयसिमा दिएको थियो । तर समितिले सभाको निर्देशन अनुसार सहमति गर्न नसकेपछि विवादित विषयहरु छलफलको क्रममा रहेको उल्लेख गर्दै प्रतिवेदन पेश भएको छ ।

0 comments

तपाईंको प्रतिकृया