Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पूर्वयुवराज पारस बैंककमा फेरि पक्राउ

काठमाडौं । पूर्वयुवराज पारस शाह फेरि बैंककमा पक्राउ परेका छन् । पक्राऊपछि थाई प्रहरीले उनलाई अपराधीका रुपमा हत्कडी लगाएर सार्वजनिकसमेत गरेको छ ।
शाह बुधबार दिउँसो १ बजे पक्राउ परेको थाई भाषाको पत्रिका ‘खाई न्युज’ले जनाएको छ । उनि यस अघि पनि अवैध लागूऔषध कारोबारमा पटक–पटक समातिँदै आएका छन । सो पत्रिकाका अनुसार पारसका साथबाट प्रहरीले सेतो नम्बर प्लेटको बीएम डब्ल्यु कार र त्यसमा राखिएको लागू पदार्थ बरामद गरेको हो । 
पारसका साथबाट पार्सलका लागि प्याकिङ गर्ने साइजमा ५.८ ग्राम परिणामका गाँजाका पोका बरामद गरिएको त्यहाँको प्रहरीले जनाएको छ । त्यस्तै लागू पदार्थ प्रयोग गरिएको हरियो रंगको प्लाष्टिक ट्युव र थप दुईवटा त्यस्तै प्लाष्टिकका ट्युव प्रहरीले बरामद गरेको जनाइएको छ । साहलाई अबैध लागू औषध कारोबारमा मुद्दा अघि बढाएको छ । शाह  गत फेब्रुअरीमा हृदयाघात भई झण्डै परमधाम पुगेका थिए । लामो समय अचेत बनेर निको भएका उनको चेहरा गजडीको जस्तो देखिएको छ ।

0 comments

तपाईंको प्रतिकृया