दशैमा १ सय ९६ जनालाई मापसे कारवाही
बुटवल । पश्चिमाञ्चल क्षेत्रमा यो वर्षको दशैमा अघिल्लो वर्षको दशैको तुलनामा सवारी दुर्घटनामा बृद्धि भएको देखिएको छ । टा्फिक नियम पालना नगरेको चालकलाई गरिने कारवाहीबाट राजश्व संकलनमा पनि वृद्धि भएको छ ।
पश्चिम क्षेत्रिय टा्फिक प्रहरी कार्यालय बुटवलले तयार गरेको घटस्थापना देखी कोजाग्रत पुर्णिमा सम्मको तथ्याङ अनुसार गत वर्षको तुलनामा यो वर्षको दशैमा दुर्घटनामा बृद्धि भएको देखिएको छ । गत वर्षको दशै अवधीका जम्मा ३० सवारी साधन दुर्घटनामा परेका थिए । यो वर्षको ५२ वटा सवारी दुर्घटना भएका छन । पन्ध्र दिनको अवधीमा तिव्रगतिका कारण २६, चालकको लापरवाहीवाट १६, यान्त्रिक गडवढीले ३, ओभरलोडका कारण ३, यात्रुका कारण ३ र मादकपदार्थ सेवनवाट १ दुर्घटना भएका छन । ति दुर्घटनाहरुमा २६ जनाले ज्यान गुमाए । पुरुष १९, महिला ५ वालक १ र वालिका १ जना गरी २६ जनाले ज्यान गुमाएको टफिक प्रहरीले जनाएको छ । दुर्घटनामा ५९ जना घाईते भएका थिए । पुरुष १६ र महिला ५ गरी गत वर्षको दशै अवधीमा २१ जनाको ज्यान गएको थियो ।
सवारी चालकको उमेर समूहको आधारमा २६ देखी ३५ वर्षका चालकले चलाएका सवारी साधन वढि दुर्घटनामा परेका छन । ति समूहका चालकले ३५ वटा दुर्घटना गराएका छन भने १६ देखी २५ उमेर समूहका चालकले २२, ३६ देखी ४५ उमेर समूहकाले ९ तथा ४५ भन्दा माथि उमेरका चालकले २ दुर्घटना गराएका छन ।
दशैको १५ दिनको अवधीका टफिक नियम उलंघन गर्ने ११ हजार ६ सय २३ सवारी साधनका चालकलाई कारवाही गरिएको पश्चिम क्षेत्रिय टफिक प्रहरी कार्यालय बुटवलका प्रमुख हरिराज वाग्लेले जानकारी दिए । उनका अनुसार ति कारवाहीवाट २६ लाख ८९ हजार ३ सय ५० रुपैया राजश्व संकलन भएको छ । ३ हजार ८ सय ६९ मोटरसाईकल , २ हजार ७ सय ३३ ट्क, १ हजार ९ सय ५२ बस, २ हजार १ सय २९ जिप कार भ्यान र ९ सय ४० टयाक्टर कारवाहीमा परेको प्रहरीले जनाएको छ । गत वर्षको दशै अवधीमा १० हजार ४ सय ७० सवारी साधन कारवाहीमा परेका थिए । गत वर्षको दशैमा २ हजार ७ सय ८३ ट्क, २ हजार ६ सय ४३ मोटरसाईकल, १ हजार ७ सय ३८ बस, २ हजार ९८ जिप कार भ्यान, १२ सय ८ टयाक्टर कारवाहीमा परेका थिए ।

यो वर्षको दशैमा मादक पदार्थ सेवन गरेर सवारी हाक्नेको संख्या पनि वढि देखिएको छ । गत वर्षको दशैमा मापासेमा ४८ कारवाही भएकोमा अहिलेको दशैमा १ सय ९६ जनालाई कारवाही गरिएको छ । मापासे गरी सवारी साधन चलाएको अरोपमा कारवाही गर्दा १ ला ९६ हजार रुपैया राजश्व संकलन भएको प्रमुख वाग्लेले जानकारी दिए । मापसे कारवाहीमा कास्की अगाडी देखिएको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको ७८ जनालाई कास्की गरिएको छ । रुपन्देहीमा १८ र वाग्लुङमा सवैभन्दा कम १ जनालाई मापासेमा कारवाही गरिएको थियो ।गत वर्ष को दशैमा मापासे कारवाहीवाट ४८ हजार रुपैया राजश्व संकलन भएको थियो । प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई ‘अन द स्पट’ १ हजार रुपैया जरिवाना लिने गर्छ ।
टा्फिक प्रहरीले दुर्घटना न्युनिकरणको लागी अभियान संचालनका वावजुत सवारी दुर्घटना वढ्नुमा सवारी साधनको चापलाई लिने गरेको छ । प्रहरी उपरिक्षक वाग्ले भन्छन– सवारी दुर्घटना वढ्नुमा सडकको अवस्था र सवारी चापलाई पनि हेर्नु पर्छ ।’ गत वर्षको तुलनामा पश्चिमाञ्चल विकास क्षेत्रमा १८ प्रतिशतले सवारी साधन थपिएका छन । सवारीका साधन संचालनका लागी अनुमति नलिएका सडकमा सवारी संचालन गर्नु तथा सहरमा डईभिङ गरेकाहरुले अनुभवको अभावमा पहाडी सडकमा डईभिङ गर्दा धेरै दुर्घटनामा परेको उनि बताउ“छन ।

0 comments
तपाईंको प्रतिकृया