२२ दलको चियापानमा सांस्कृतीक झाकी
ओलीद्धारा वहिस्कार, प्रधानमन्त्रीदेखि वैद्यसम्मको जमघट
काठमाडौं । एकीकृत नेकपा माओवादी नेतृत्वमा गठित २२ दलीय मोर्चाले काठमाडौंको भृकुटीमण्डपमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम अन्य दलको भन्दा फरक देखियो ।
चियापानमा मात्र चिया र मिठाईको मात्र स्वाद थिएन विभिन्न जातजातीको संस्कृती झल्काउने झाकीले कार्यक्रमलाई रौनकता थपेको थियो ।
चियापानमा मात्र चिया र मिठाईको मात्र स्वाद थिएन विभिन्न जातजातीको संस्कृती झल्काउने झाकीले कार्यक्रमलाई रौनकता थपेको थियो ।
नेपाल सम्वत ११३५, दीपावली, छठ, इद, बलिहाङ तङनाम, ल्होसार लगायतका राष्ट्रिय पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान गर्न मोर्चाद्धारा सोमवार आयोजित चियापान कार्यक्रम एमाले अध्यक्ष केपी शर्मा ओलीले वहिस्कार गरे पनि प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला लगयातका नेताहरु सहभागी भएका थिए । यसैगरी संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, एमाले नेता माधवकुमार नेपाल, नेकपा माओवादी अध्यक्ष मोहन वैद्य, प्रवक्ता पम्फा भुसाल लगायत सहभागी थिए ।
सरकारका मन्त्रीहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु, सुरक्षा निकायका अधिकारीहरु, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी र मोर्चामा आवद्ध पार्टीका नेता तथा कार्यकर्ताहरु चियापान कार्यक्रममा सहभागी भएका थिए । २२ दलीय मोर्चामा एमाओवादी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, तमलोपा, मधेसी जनअधिकार फोरम, सदभावना पार्टी र संघीय समाजवादी पार्टी संलग्न छन् ।
त्यसैगरी तराई मधेस समाजवादी पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, संघीय लिम्बुवान पार्टी, संघीय गणतान्त्रिक समाजवादी पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, थरुहट तराई पार्टी, नेपाल पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल कम्युनिष्ट पार्टी, खस समावेसी राष्ट्रिय पार्टी, नेकपा संयुक्त मार्क्सवादी , लोक दल, बहुजन समाज पार्टी, लोकतान्त्रिक जनता पार्टी र लोकतान्त्रिक पार्टी मोर्चामा आवद्ध छन् ।

0 comments
तपाईंको प्रतिकृया