प्रतिस्पर्धी र विश्वसनीय बनाउन मर्ज नीति: अधिकारी
बुटवल । नेपाल राष्ट्र बैंकका निर्देशक बासुदेव अधिकारीले बैंक तथा वित्तीय संस्थामा अहिले एकीकरणको समय रहेको बताएका छन् । भृकुटी डेभलपमेन्ट लिमिटेडको दशौं वार्षिक साधारणसभामा बिहीबार उद्घाटन गर्दै उनले भएका वित्तीय संस्थालाई गुणस्तरीय, प्रतिस्पर्धी र विश्वसनीय बनाउन राष्ट्र बैंकले मर्जको नीति ल्याएको बताए ।
निर्देशक अधिकारीले बैंक तथा वित्तीय संस्थालाई प्रतिस्पर्धी बनाउन राष्ट्र बैंकले अन्तर्राष्ट्रिय स्तरमा प्रचलनमा रहेका नीति–नियम लागू गर्दै अघि बढेको बताए । बैंकमा लगानी आकर्षित भएको समयमा राष्ट्र बैंकले लाइसेन्स खुकुलो बनाएकाले धेरै वैक तथा वित्तीय संस्था खुलेको उल्लेख गर्दै उनले तिनै वित्तीय संस्थाले गुणस्तरीय सेवा दिन नसकेकाले अहिले मर्जरको नीति ल्याउनु परेको दाबी गरे ।
सोही अवसरमा एनएमबी बैंकका कार्यकारी अधिकृत उपेन्द्र पौडेलले आर्थिक सूचाङ्क बलियो भएकाले आफूहरुले मर्जका लागि भृकुटीलाई रोजेको बताए । उनले मर्जर प्रक्रिया सफल बनाएर छाड्ने विश्वास व्यक्त गरे । आगामी दिनमा अन्य बैंक तथा वित्तीय संस्थालाई पनि मर्जर गरेर एनएमबी मुलुककैं अग्रणी बैंक बन्ने उनको दाबी छ । ‘हामी एनएमबी भिजन २० लिएर अघि बढेका छौं ।’ उनले भने ।
साधारणसभामा भृकुटी बैंकका अध्यक्ष रोमणिप्रसाद पाठकले बैंकलाई प्रतिस्पर्थी क्षमताको बनाउन मर्जर जाने निर्णय गरिएको बताए । यस्तै प्रमुख कार्यकारी अधिकृत लोकनाथ भुसालले मर्जले लगानीकर्ता, सेवाग्राही तथा कर्मचारी सबैलाई राम्रो गर्ने विश्वास व्यक्त गरे ।
बैंकका कम्पनी सचिव शरद पौडेलको सञ्चालनमा भएको कार्यक्रममा बैंकका सञ्चालक बाबुराम भट्टराई, गणेश पाठक, पूर्व सञ्चालक नेत्र पन्थी, विकास बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष शान्ति पाण्डेलगायतले बोलेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत लोकनाथ भुसाल, उपप्रवन्धक युवराज पाठक, शाखा प्रमुखहरु अमित पौडेल, लाल बहादुर भण्डारी, भरत खरेल, कृष्णप्रसाद पाण्डे र वित्त विभागकी दूर्गा गैरेलाई सम्मान गरिएको थियो । दश जिल्ला कार्य क्षेत्र रहेको भृकुटीले २० श्ँँखामार्फत् वित्तीय सेवा उपलब्ध गराउ“दै आएको छ ।
अधिकृत पू“जी १ अर्व ५० करोड, जारी पू“जी ६४ करोड तथा चुक्ता पू“जी ४२ करोड ३७ लाख रहेको बैंकले आर्थिक वर्ष २०७०÷०७१ मा ४ अर्व ९८ करोड ७२ लाख रुपैया निक्षेप संकलन गरी ३ अर्व ३६ करोड ८ लाख रुपैयां कर्जा लगानी गरी १८ करोड ६५ लाख संचालन मुनाफा गरेको छ ।
उक्त संचालन आम्दानीबाट कर्मचारी वोनस तथा आयकर व्यवस्था पछि ११ करोड ८९ लाख रुपैयां खुद मुनाफा आर्जन गरेको छ । नाफाबाट जारी २३ प्रतिशत वोनस शेयर पछि बैंकको चुक्ता पूंजी ५२ करोड १२ लाख रुपैंया हुने भएको छ । स्थापनाको पहिलो वर्षदेखि बैंकले शेयरधनीहरुलाई निरन्तर वोनस वितरण गर्दै आएको छ ।

0 comments
तपाईंको प्रतिकृया