बुटवलमा एडिविले लगानी नगर्ने निश्चित
बुटवल । एशियाली विकास वैक(एडिवी)को ऋण अनुदानमा वुटवलको ९ र १० वडाका लागी सम्झौता भएको खानेपानी परियोजना फिर्ता हुने निश्चित भएको छ । एडीबीको ऋणअनुदानमा मझौला तथा एकीकृत शहरी वातावरणीय आयोजना अन्तर्गत खानेपानी आयोजनाको सन २०१० अक्टोवर २६ मा आयोजनाको सम्झौता भएको थियो ।
४ वर्ष अघि सम्झौता भएको उक्त आयोजनाको विषयमा विवाद उत्पन्न भएपछि एडिविले लगानी नगर्ने मनस्थिती वनाएको हो । बुटवल नगरपालिका , स्थानिय उपभोत्ताको सहभागितामा हुन लागेका उक्त परियोजनाको पानी खाने र नखाने भन्ने पक्षमा उपभोक्ताहरु विभाजित भएका छन । सम्झौता भएको ४ वर्ष वितिसक्दा पनि उपभोक्ताहरुलाई जानकारी नदिएको भन्दै वुटवल ९ र १० का कति पय उपभोक्ताहरु यसलाई रोक्न अदालत सम्म पनि धाएका थिए ।
पुनरावेदन अदालतले उपभोक्ताहरुको सहमतीमा परियोजनाको कार्य अघि वढाउन विपक्षीको नाममा आदेश दिएको थियो । खानेपानिको परियोजनाका देखिएको विवादका कारण एडिविले वुटवल नगरपालिकाका संचालित सवै कार्यक्रम फिर्ता गर्ने मनस्थितीमा पुगेको हो ।
वुटवल नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत ध्रुव बहादुर खड्काले एडिविले वुटवल नगरपालिकाको खानेपानी योजना तथा ल्याण्डफिल साईड प्रोजेक्टवाट हात झिक्ने मनस्थितीमा पुगेको बताए । ‘विहिवार एडिविका प्रतिनिधीसंग फोन सम्पर्क भएको थियो । उनिहरुको यो प्रोजेक्ट फिर्ता लैजाने पक्षमा देखिन्छन ।’ उनले भने–‘ एडिवि खानेपानी योजना सहित ल्याण्डफिल साईड र वुटवल नगरपालिकाका संचालन भएको कार्यक्रम फिर्ता लैजाने पक्षमा छ ।’ विवादले परियोजना फिर्ता जाने अवस्था आएकाले आफू चिन्तित भएको उनले बताए । ‘जनप्रतिविहिन अवस्थामा यो कुरा कस्लाई सुनाउ ?’ उनले भने –‘मलाई वास्तवमा पिडावोध भईरहेको छ । ’ राजनितीक दलहरुको विवादका कारण यो परियोजन धरापमा परेको हो । लक्षित वुटवल ९ र १० का उपभोक्ताहरुलाई जानकारी समेत नदिई राजनितीक तहवाट निर्णय भएकाले परियोजनाको पक्षमा जनसमर्थन जुटाउन मुस्किल भएको थियो । उक्त खानेपानी आयोजनको लागी विभिन्न राजनितिक दलले आ –आफ्नो तवरवाट उपभोक्ताहरुलाई जानकारी गराईका थिए ।

पछिल्लो समयमा उपभोक्ताहरु पनि दलगत रुपमा विभाजित भएका कारण एक मतले उक्त परियोजना स्वीकार गरिएको थिएन । २२ करोड ३७ लाख ७० हजार रुपैया लागतमा ऋण सम्झौता भएको उक्त खानेपानी योजनाकै लागी १ करोड भन्दा वढि खर्चभई सकेको वुटवल नगरपालिका श्रोतको भनाई छ । जनघनत्व दिनुहु वढ्दै गएको बुटवलमा हाल दैनिक २ लाख २० हजार लिटर खानेपानीको माग छ । नेपाल खानेपानी संस्थानले दैनिक १ लाख ५० हजार लिटर खानेपानी मात्र वितरण गर्दे आएको छ । झुम्सा खानेपानी आयोजना पनि अलपत्र रहेको अवस्थामा वुटवल ९ र १० वडाको लागी सम्झौता भएको खानेपानी आयोजनाले केही राहत प्रदान गर्ने अपेक्षा गरिएको थियो ।

0 comments
तपाईंको प्रतिकृया