Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
चाडपर्वमा मिठाईको विक्रि वढ्यो, गुणस्तरमा उपभोक्ता ठगिदै

बुटवल । चाडपर्वमा धेरै विक्रि हुने खाद्य बस्तु मध्ये मिठाई पनि एक हो । नेपालीहरुको महत्वपुर्ण पर्व दशै तिहार वाहेक विश्वकर्मा पुजा, रक्षा वन्धन तथा छठ आदीमा पनि मिठाईको खपत उच्च रहने गर्छ ।
विजया दशमीलाई गर्न नपाउदै  शुभ दिपावली  अर्थात यमपञ्चक भित्रिईसकेको छ । मिठाई व्यापारीहरुलाई मिठाई वनाउन हतार छ । लड्डु, वर्फि, पेडा , रसवरी, लालमोहन, दुधमलाई लगायतका मिठाई वनाउन र भण्डारण गर्न उनिहरुलाई हतार भईसकेको छ ।
दशैमा मिठाईको राम्रो व्यापार गरेका बुटवलका मिठाई पसल संचालकहरु दीपावलीमा पनि राम्रो व्यापार हुनेमा विश्वस्त छन । भाई टिकाको दिन दिदी वहिनीले आफ्ना दाजु भाईलाई धर्के टिका लगाईदिएपछि मिठा– मिठा खाने कुरा खुवाउने चलन छ ।
त्यसैले पनि मिठाई व्यापारीहरु आफ्नो व्यवसाय फस्टाउनेमा विस्वस्त छन । रुपन्देहीमा  करिव एक सय ४०  मिष्ठान्न तथा क्याटरिङ व्यवसायी छन । रुपन्देही मिष्ठान्न तथा क्याटरिङ व्यवसायी संघमा ६८ व्यवसायी आवद्ध छन । जिल्लामा रहेका मिष्ठान पसलहरुले दशै तिहर जस्ता चाड पर्वका १ सय ५० क्वीटल सम्म मिठाई उत्पादन गर्छन ।  ति मिठाईहरु वुटवल भैरहवामा विक्रि हुन्छ । खासै वाहिर जान पाउदैन । व्यापारीहर भन्छन– हाम्रो उत्पादनले यहीको वजारलाई त पुग्दैन वाहिर लैजाने कुरै छैन।’ रुपन्देही मिष्ठान्न तथा क्याटरिङ व्यवसायी संघका अध्यक्ष लक्ष्मण पोख्रेल गएको दशैमा मात्र रुपन्देहीम एक सय क्वीटल भन्दा वढि मिठाईको कारोवार भएको बताए । ‘ तिहारमा मिठाईको खपत वढि हुन्छ ।’ उनले भने–यो तिहारमा १ सय ५० क्वीटल सम्म मिठाई खपत हुने अनुमान गर्न सकिन्छ ।’ उनले मिठाईमा जिल्ला आत्मनिर्भर रहेको उनको भनाई छ । उनक अनुसार चाडपर्वमा वढि मिठाई भारत वाट भित्रिन्थ्यो अहिले पुरै वन्द छ । उनि भन्छन– आपर्ति पुरा गर्न सक्षम भएका छौ मित्रिको पनि समस्या छैन ।’ उनले मिष्ठान्न व्यवसायीहरु गुणस्तरमा सचेत भईसकेको बताए ।
उपभोक्ताहरु नाम चलेका मिष्ठान भण्डारवाट मिठाई किन्न चाहन्छन । तर उपभोक्ताहरु त्यतिकै ठगिने सम्भाव रहेको वताउछन उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष नर्वुलामा उनि भन्छन– हेरेर मात्र मिठाई किन्नु पर्छ । नत्र गुणस्तरमा ठगिन पनि पुगिन्छ ।’ मिठाई वनाउन प्रयोग हुने कच्चा पदार्थ दुध, घिउको गुणस्तर मै नै प्रश्न चिन्न खडा भएकाले मिठाइ खरिद गर्दा सजक हुनु पर्ने देखिन्छ । उनी चाडपर्वको वेलामा धेरै परिमाणमा मिठाई उत्पादन हुने हुदा गुणस्तरीय छ की छैन भनेर राम्रोसंग हेरेर मात्र खरिद गर्न उपभोक्ताहरुलाई सुझाव दिन्छन ।
चाडपर्वमा उपभोक्ताहरु गुणस्तर तथा परिमाणमा नठगिउन भन्नको लागी वाणिज्य विभाग, गुणस्तर तथा नापतौलविभाग वुटवल नगरपालिकाले वेला वेलामा अनुगमन पनि गर्छ ।
गुणस्तर र सरसफाईमा कमजोरी भए  सुधार्ने गर्ने मौका  स्वरुप सुझाव दिर फर्किन्छ । सुझाव पाएपनि त्यसलाई कतिपयले वेवास्ता गर्ने गरेको उपभोक्ताहरु वताउछन । कारवाही गर्नु पर्ने सुझाव उनिहरुको छ । चाडपर्वलाई लक्षित गरेर गरिएको बजार अनुगमको क्रममा मिठाई पसललेहरुलाई मिठाईमा रङ प्रयोग नगर्न सुझाव दिए पनि त्यो कार्यान्वयन नभएको आफुले पाएको बुटवल ११ मिलनचोकका उपभोक्ता  गणेशराज अधिकारी बताउछन । उनि भन्छन– अनुगमन टोलीले सुझाव दिन्छ व्यापारीले कार्यान्वय गर्देनन हामी उपभोक्ताहरु ठगिएका मात्र हुदैनौ स्वास्थमा समेत असर परेको हुन्छ ।’ उनले अनुगमन गर्ने टोलीले दिएको सुझाव कार्यान्वय नगर्ने पसललाई कारवाही गरे मात्र सुध्रने बताए ।

0 comments

तपाईंको प्रतिकृया