संघमा सदस्य र सल्लाहकार मनोनित
बुटवल १३ कार्तिक । बुटवल उद्योग बाणिज्य संघको ६१ औं बार्षिक साधारण सभा तथा २२ औ अबिधेशनबाट नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले सदस्य तथा सल्लाहकारहरु मनोनित गरेको छ ।
संघका नवनिर्वाचित अध्यक्ष महेशमान सिंहको अध्यक्षता र महासचिव हरि प्रसाद अर्यालको सञ्चालनमा विहिवार बसेको बैठकले सदस्य र सल्लाहकारहरुको मनोनयन गर्नुका साथै आउदो माघ महिनामा कृषि मेला आयोजना गर्ने निणर्य गरेको छ ।
बैठकले संघको कार्यसमिति सदस्यमा उद्योग तर्फ अनुपमान सैजु र बाणिज्य तर्फ बिमलराज भट्टराईलाई मनोनित गर्ने निर्णय गरेको छ । त्यस्तै सल्लाहकारमा संघका पुर्वअध्यक्षहरु जीवन प्रसाद वझा, अर्जुनमान सैजु, निर्मलप्रसाद लाकौल र नवराज श्रेष्ठलाई मनोनित गर्ने निणर्य बैठकले गरेको छ । सोही बैठकले आगामी माघ २२ गतेदेखि २७ गतेसम्म कृषि मेला आयोजना गर्ने निणर्य गरेको छ ।

0 comments
तपाईंको प्रतिकृया