तराईमा छठ पर्वको रौनक
कात्तिक । तराई मधेशको पर्व छठ आजदेखि सुरु भएको छ । सुस्वास्थ्य , दीर्घायु कामनाका लागि यो पर्व मनाईने गरिन्छ ।
ताल, पोखरी र नदीको किनारमा मनाउने छठ पर्वको लागि तराई मधेशका विभिन्न ताल, तलाउ, पोखरी, नदी तथा जलाशयमा सरसफाई गर्नेदेखि लिएर घाटलाई सजाउने काम सुरु भएको छ । सोमबार ‘नाहाई खाई’ गरि छठ पर्वको आरम्भ भइसकेकोले खरना खाएर परनासम्म २४ घण्टे उपवास बसेर यो पर्व श्रद्धा भक्तिका साथ सम्पन्न हुने गर्दछ ।
खरना अर्थात मुख्य पर्व अस्ताउँदो सूर्यलाई पूजा गर्ने कात्तिक १२ गते बुधवार रहेको छ र परना अर्थात उदाउँदो सूर्यलाई पुजा गर्ने दिन कात्तिक १३ गते रहेको छ । तराईका जिल्लाहरुमा यो पर्व विशेष महत्वको साथ मनाउने गरिन्छ भन्ने किसानहरुले छठ पर्वको ठकुवा खाएर धान वाली भित्र्याउने चलन पनि रहेको छ ।


0 comments
तपाईंको प्रतिकृया