सुकुम्वासीको नाममा गरिएको सार्वजनिक जग्गा अतिक्रमण रोक्न अख्तियारको पत्र
बुटवल । बुटवलको तिनाउ नदी किनारामा रहेका सार्वजनिक जग्गामा सुकुम्वासीको नाममा गरिएको अतिक्रमण रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुटवल नगरपालिका कार्यालयलाई फेरी पत्र पठाएको छ ।
वुटवल १३ देवीनगरको दुर्गानगरमा सुकुम्वासीको नाममा भएको सार्वजनिक जग्गा अतिक्रमण रोक्न अख्तियारले बुटवल नगरपालिका पत्र पठाएको हो ।
यस अघि अख्तियारले त्यहाको यथार्थ विवरण माग गरी नपा कार्यालयलाई पत्र पठाएको हो । बुटवल नगरपालिका कार्यालयले अतिक्रमण गरिएको सार्वजनिक जग्गामा फुसका २३ वटा , टिनका छाना भएको २४ वटा घर रहेको तथा ३७ वटा घेरे राखिएको घडेरी भटिएको जानकारी सहितको पत्र पठाएको थियो । अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न नगरपालिका वोर्डले निर्णय समेत गरि सकेको छ ।
वुटवल नगरपालिकाका कार्यकारी अधिकृत धु्रव वहादुर खड्काले नगरपालिकाले गरेको निर्णय कार्यान्वय गर्न अख्तियारले पत्र पठाएको जानकारी दिए । असोज २७ गते अख्तियारले सार्वजनिक जग्गा खाली गर्ने पत्र पठाएको उनले जानकारी दिए । उनले अख्तियारले सार्वजनिक जग्गामा वनाईएका संरचना हटाउन पठाएको पत्र अनुसार काम छिट्टै गर्ने बताए ।
यसको लागी नगरपालिकाले नगर स्तरीय राजनितीक संयन्त्रका प्रतिनिधीहरु संग दशै अघि नै छलफल गरेको थियो । छलफलमा सहभागी राजनितीक दलकका प्रतिनिधीहरु दुर्गानगरको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको छाप्रा हटाउन सकारात्मक रहेको उनले बताए । उनले सार्वजनिक सुचना प्रकाशित गरी अतिक्रमण गरिएको जग्गा खाली गर्ने प्रकृया शुरु गरिने उनले बताए ।
उक्त जग्गा खाली गर्न क्षेत्रिय प्रशासन पोखराले पनि नगरपालिकालाई पत्र पठाएको छ । नगरपालिकाले २०६९ जेठ ३२ गते आई सेक्टरको घरटहरा डोजर लगाएर भत्काउदा दुर्गानगरको छाप्रा जलाईएको थियो । संविधानसभाको दोश्रो चुनाव यता तिव्ररुपमा घर तथा टहरा निर्माण तिब्ररुपमा अघि वढेको स्थानियले बताएका छन । नगरपालिकाले घर टहरा निर्माण तत्काल वन्द गर्न सुचना जारी गरे पनि अटेर गरी अहिले पनि धमाधम घर टहरा वनाईरहेका स्थानियले बताएका छन । दुर्गानगर बस्ति सेवा समितीको नाममा सार्वजनिक जग्गा कब्जा गरी विक्रि वितरण गरेको श्रोतको भनाई छ । यस विषयमा बुझ्न समितीका अध्यक्ष केशवहादुर सेन ठकुरीलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

0 comments
तपाईंको प्रतिकृया