Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
अस्थीरताले देशको विकास हुन सकेन ःउप्रधानमन्त्री सिंह

बुटवल । उपप्रधान तथा संघीय मामिला तथा स्थानिय विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक अस्थीरताले  देशको बिकास हुन नसकेको बताएका छन ।
विहिवार बुटवल उद्योग बाणिज्य संघ को ६१ को बार्षिक साधारण सभा तथा २२ औं अधिवेसनको पदहस्तान्तरण कार्यक्रम तथा नवनिर्मित  सभाहलको उद्घाटन गर्दे मन्त्री  सिंहले राजनीतिकक स्थायित्व र देश विकासको लागि नया संविधानको विकल्प भएको बताए । मन्त्री सिंहले देश विकासको लागि राजनीतिक स्थायित्व र राजनीतिक स्थायित्वको लागि लोकतन्त्रीक संविधान आवश्यक भएको बताए ।
सभासद् तथा पुर्व  सिंचाही मन्त्री बालकृष्ण खाणले पनि माघ ८ मा संविधान जारी गर्नु पर्ने बताउदै सहमती नभए प्रक्रियाबाटनै  संविधान जारी हुने बताएका थिए ।
बुटवल उद्योग बाणिज्य संघको हालै सम्पन्न अधिवेसनबाट अध्यक्षमा महेशमान सिंह निर्वाचित भएका छन । कार्यक्रममा संघका निर्वतमान अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ, निर्वतमान महासचिव अनिल कुमार श्रेष्ठ, वर्तमान अध्यक्ष महेशमान सिंह, महासचिव हरी अर्याल लगातले मन्तव्य राखेका थिए  । 
यसैविच बुटवल उद्योग बाणिज्य संघले स्थापना गरेको आर्थिक पत्रकार सम्मान २०७१ बाट पत्रकार दामोर खनाल पुरस्कृत भएका छन् । उनलाई उपप्रधान, संघीय मामिला तथा स्थानिय विकास मन्त्री प्रकाशमान सिंहले नगद २५ हजार सहित सम्मान पत्रले सम्ममान गरेका हुन । त्यसै गरी नयाँ पत्रिका दैनिक बुटवल संवाददाता तथा एविसी टेलिभिजन बुटवल व्यरो प्रमुख विष्णु घिमिरेलाई पनि नगद १० हजार सहित सम्मान गरिएको थियो ।  यस्तै उत्कृष्ठ महिला उद्यमी, कृषक, उद्योगी, व्यवसायीको रुपमा ५ जना व्यवसायीहरुलाई पनि सम्मान गरिएको थियो । 

0 comments

तपाईंको प्रतिकृया