नेपाल डिभिजन थ्री क्रिकेट च्याम्पियन
क्वाललाम्पुर । युगाण्डालाई पराजित गर्दै नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको उपाधि रक्षा गरेको छ । बिहीबार भएको उपाधि भिडन्तमा नेपाली व्याट्सम्यान र बलर दुबै चम्किएपछि नेपाले युगाण्डालाई हराउँदै लगातार दोस्रो पटक उपाधि मात्र जितेन, समूह चरणमा व्यहोरेको हारको मिठो बदला समेत लिएको छ । समूह चरणको पहिलो खेलमा नै नेपाल युगाण्डासँग २० रनले पराजित भएको थियो । तर, त्यसपछि सबै खेल जितेको नेपाल फाइनलमा पनि सफल रहृयो । उसो त युगाण्डाले भने अघिल्लो पटक कै नियती व्यहोरेको छ । अघिल्लो पटक डिभिजन थ्रीमा पनि नेपाल समूह चरणमा युगाण्डासँग हारेपनि फाइनलमा उसैलाई हराएर उपाधि जितेको थियो । किनरारा ओभलमा टस जितेर व्याटिङ थालेको नेपालले नरेश बुढायर, सागर पुन र ज्ञानेन्द्र मल्लको अर्धशतकको मदतमा ४९.५ ओभरमा सबै विकेट गुमाएर २२३ रन बनायो ।
नेपालले उत्कृष्ट निकै सुरुवात गर्यो । ओपनस सुवास खकुरेललाई आराम दिएर सागर पुनलाई नरेश बुढायरसँग ओपनिङमा खेलाइएको थियो, जुन निकै सफल समेत रहृयो । सागर र नरेशले पहिलो विकेटका लागि १०७ रनको साझेदारी गरे, जुन पहिलो विकेटका लागि प्रतियोगिताकै दोस्रो ठूलो साझेदारी हो भने नेपालको सबैभन्दा बढी । नेपालको स्कोर २०७ रन हुँदा नरेश अर्धशतक पूरा गरेर पहिलो विकेटका रुपमा पभेलियन फर्किए । ७३ रनको साझेदारी गरेका उनले दुई चौका र एक छक्काको मदतमा ५१ रन बनाए ।
नेपालले थप २४ रन जोड्दा सागर पुन आउट भए । ८७ बलमा ५ चौकाको मदतमा अर्धशतक पुरा गरेका उनी ६४ रनमा पभेलियन फर्किएका हुन् । सागरपछि अर्धशतक पूरा गरे उपकप्तान ज्ञानेन्द्र मल्लले । ६५ बलमा अर्धशतक पूरा गरेका ज्ञानेन्द्र व्यत्तिगत ६५ रनमा आउट हुँदा नेपालले ४७.२ ओभरमा २०८ रन बनाएर कुन पाँच विकेट गुमाएको थियो । बाँकी १५ रन जोड्दा नेपालले बाँकी ५ विकेट गुमायो । थप १/१ रन जोड्दा आरिफ शेख र बसन्त रेग्मी आउट भए । ४९.२ ओभरमा सोमपाललाई गुमाएको नेपालले थप एक रन जड्दा शक्ति गौचन र मेहबुब आलमलाई गुमाएको थियो ।नेपालका मध्य तथा तल्लो क्रमका व्याट्सम्यानको विकेट लिने क्रममा युगाण्डाका मुसाका चम्किए । उनले मात्र ३.५ ओभरमा २७ रन दिएर नेपालको ६ विकेट लिएका थिए ।

0 comments
तपाईंको प्रतिकृया