Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
अस्पतालको सटर टेण्डर खोलियो

बुटवल । लुम्विनी अंचल अस्पतालको स्वामित्वमा रहेको व्यवसायीक सटरहरु टेण्डर मार्फत भाडामा लगाउन  टेण्डर खोलिएको छ । लामो समयदेखि विवादित रहेको सटर टेण्डर  विहिवार खोलिएको हो । अस्पताल परिसरका ७३ वटा सटर र चार वटा सिढीको लुम्बिनी अञ्चल अस्पतालले भाद्र १ गते खुल्ला प्रतिस्प्रर्धाबाट टेण्डर आह्वान गरेको थियो ।
 जिल्ला प्रशासन कार्यालय , ईलाका प्रशासन कार्यालय, सडक विभाग, कोष तथा लेखा नियन्त्रक कार्यालय, अस्पताल प्रशासन र प्रहरीको रोहबरमा अस्पताल परिसरमा विहिबार दिउसो २ बजे टेण्डर फाराम खोलिएको थियो ।    अस्पतालका मेडिकल रेकर्डर लक्ष्मीकान्त रेग्मीका अनुसार टेण्डर आह्वान गरिएको अवधिमा ७ सय ९८ फाराम विक्री भएकोमा ६ सय २५ जनाले फाराम दर्ता गराएका थिए । 
अस्पतालले सटरको टेण्डर आह्वान गरेको पहिलो म्याद सकेर खोल्ने दिनमा ब्यावसायीहरुले फाराम भर्ने समय कम भएको भन्दै पुन असोज ३१ गतेसम्मका लागी १ महिना म्याद थप गरेको थियो । इमेलवाट  पनि टेण्डर आवेदन गर्न सक्ने व्यवस्था मिलाईएपनि इ विडिङवाट एउटा पनि आवेदन परेको छैन । वढि वढाउमा परेका रितपुर्वकका निवेदन अध्ययन गरी फाईनल गरिने मेडिकल सुपरिटण्डेन्ट डा तारनाथ पौडेलले जानकारी दिए ।

0 comments

तपाईंको प्रतिकृया