Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
उवासंघ बर्दघाट तदर्थ समिति गठन

बर्दघाट ।  बर्दघाट नगरपालिकामा उद्योग वाणिज्य संघ बर्दघाट तदर्थ समिति गठन गरेको छ । बर्दघाट बजार विकास समितिका अध्यक्ष छविलाल देवकोटाको अध्यक्षतामा बसेको बैठकले पञ्चनगर बजार विकास समिति, जिमिरेभार बजार विकास समिति र बर्दघाट बजार विकास समितिहरुको संयुक्त बैठकले  बर्दघाट उद्योग वाणिज्य संघ बर्दघाटको तदर्थ समिति गठन गरेको हो ।
सोहि बैठकले प्रदिप सुवेदीको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । जस्को सदस्यहरुमा छविलाल देवकोटा,लेखनाथ न्यौपाने, हरि अधिकारी, पप्पु रेग्मी, मिना गैरे, राजु न्यौपाने , प्रेम गैरे, लेखनाथ पौडेल, बम बहादुर क्षेत्री, मेघराज पाण्डे, रेशमराज कण्डेल, हेमलाल न्यौपाने,पोषचन्द्र देवकोटा लगाएतका रहेका छन । यम बहादुर क्षेत्रीको संयोजकत्वमा पांच सदस्यीय विधान मसौदा समितिको समेत गठन गरेको छ ।

0 comments

तपाईंको प्रतिकृया