उद्योगी व्यवसायी निर्वाचनमा होमिए
बुटवल । बुटवल उद्योग बाणिज्य संघको नेतृत्वको लागी उद्योगी व्यवसायीहरु निर्वाचनमा होमिएका छन ।
सहमतीवाट नेतृत्व चयन गर्ने सम्भावना न्युन रहेका व्यवसायीहरु निर्वाचनमा होमिएका हुन । यद्यपी सर्व सम्मतको लागी पुर्व अध्यक्षहरु लागी परेका छन ।

संघको ६१ औ बार्षिक साधारण सभा तथा २२ औ अधिबेशनले नया नेतृत्व चयन गर्दे छ । अध्यक्षमा कृष्ण कुमार श्रेष्ठ र महेशमान सिंह भिड्दै छन भने वरिष्ठ उपात्तयक्षमा खेम हमाल र जेपी गुप्ताले उम्मेदवारी दिने बताएका छन । त्यसै गरी उद्योग उपाध्यक्षमा अनिल श्रेष्ठको नाम चर्चामा छ । वाणिज्य उपाध्यक्षमा उज्जवल कसजु र कमल पौडेल, महासचिवमा हरि अर्याल र दिनेश श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन । त्यसै गरी सचिवमा कमल पौडेल र विरेन्द्रकेशरी जोशीको नाम चर्चामा रहेको छ । कोषाध्यक्ष पदमामा विमलारज भट्टराई र नविन श्रेष्ठले उम्मेदवारी दिने बताएका छन ।
सोमवार अधिवेशनको उद्घाटन गर्दे उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले सरकारले औद्योगिक मैत्रि निती ल्याउन नसक्दा औद्योगिक विकास हुन नसेकको बताए । काग्रेस नेता तथा सभासद बालकृष्ण खांणले निजी क्षेत्रको सहयोगमा मात्र आर्थिक विकास गर्न सकिने बताउदै उद्योगमैत्री वातावरणको लागी सरकारले पहल गरिरहेको बताए । संघका अध्यक्ष
सुरेन्द्र प्रसाद श्रेष्ठले औद्योगिक विकासमा सरकाले निजि क्षेत्रसंग सहकार्य गर्नु पर्ने बताए ।
करिव २ हजार सदस्य रहेको संघको अबिधेशनमा १ हजार ४ सय ३३ सदस्य व्यवसायीहरुले मतदान गर्न पाउने छन । अधिबेशनमा हुने निर्वाचनका लागि संघका परामर्शदाता एवं अधिबक्ता बाबुराम पाण्डे प्रमुख निर्वाचन अधिकृत रहेको निर्वाचन समितिले निर्वाचनको तालिका सार्बजनिक गरेको छ ।
अबिधेशनबाट पदाधिकारीमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष,उद्योग उपाध्यक्ष, बाणिज्य उपाध्यक्ष,महासचिव, कोषाध्यक्ष र सचिव तथा सदस्यमा एशोसियट सदस्य १,उद्योग सदस्य ४, बाणिज्य सदस्य ४, महिला सदस्य २ र खुल्ला सदस्य ७ पदमा निर्वाचन हुने छ ।
असोज १४ गते प्रथम पटक र असोज २० गते अन्तिम पटक मतदाता नामावली प्रकाशित गरेको निर्वाचन समितिले असोज २७ गते भोली साझ ५ बजेदेखि साढे ७ बजेसम्म मनोनयन पत्र दर्ता, २८ गते पर्सी ८ बजेदेखि ९ बजेसम्म मनोनयन उपर दाबि बिरोध, साढे ९ बजेदेखि २ बजेसम्म मनोनयन पत्र फिर्ता, दिउसो ३ बजे अन्तिम नामावली प्रकाशन र असोज २९ गते बिहान ११ बजेदेखि साझ ५ बजेसम्म मतदानको समय तय गरेको छ ।

0 comments
तपाईंको प्रतिकृया