Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सैनामैना अञ्चलकै पहिलो खुला दिसामुक्त नगर

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकालाई लुम्बिनी अञ्चलकै पहिलो खुला दिसामुक्त नगरपालिका तथा अञ्चलकै दोस्रो पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । नगरपालिकालाई एक कार्यक्रमकाबीच शुक्रबार स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालले घोषणा गरे । साविसका पर्रोहा र दुधराक्ष गाविसलाई जोडेर हालै सरकारले सैनामैना नगरपालिका घोषणा गरेको थियो ।
नगरभित्रका ४५ हजार एक सय ४८ वटै घरमा शौचालयन निर्माण भएपछि नगर अञ्चलकै पहिलो खुला दिसामुक्त बनेको सैनामैना नगरपालिकाका शाखा अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए । त्यस्तै एक वर्ष भित्रका सम्पूर्ण बालबालिकालाई सबै खोपको मात्र पूरा गरेर नगर पूर्ण खोपयुक्त बनेको पर्रोहा हेल्थ पोष्ट इन्चार्ज रामराज पन्थीले बताए । नगरलाई पूर्ण खोपयुक्त बनाउनले एक वर्षेदखी पर्रोहा स्वास्थ्य चौकी र दुधराक्ष उप–स्वास्थ्य चौकीले अभियान सञ्चालन गरेका थिए ।
स्थानीय विकास अधिकारी अर्यालले जिल्लाका छिट्टै  खुला दिसामुक्त जिल्ला घोषणा गर्न सबै क्षेत्रमा यस्तै अभियान आवश्यक रहेकोमा जोड दिए । सन् २०१७ सम्म नेपाललाई खुलादिसामुक्त बनाउने सरकारी अभियान रहेकोले यसलाई सार्थक बनाउन पनि सबै क्षेत्रमा यस्तो कार्यलाई तिब्रता दिनुपर्नेमा जोड दिए ।
सैनामैना नगरपालिकाका कार्यकारी अधिकृत रोमनाथ न्यौपानेको अध्यक्षता, नायव सुव्वा लक्ष्मणप्रसाद ज्ञवालीको स्वागत रहेको कार्यक्रमको सञ्चालन सामाजिक कार्यकता लक्ष्मी खनालले गरेकी थिइन् ।

0 comments

तपाईंको प्रतिकृया