अभिनेता खान नेपाल भ्रमणमा
जिल्लाको पकडी हेल्थपोष्टमा आयोजना गरिएको उक्त कार्यक्रममा आमिरले करीब १ घण्टा समय बिताएका थिए । उनले आमा समूह र महिला स्वयंसेविकाको कुपोषित बालबालिकाको उपचार गर्ने तरिका र विधि अवलोकन गरे । लुम्विनीको मायादेवी मन्दिरको अवलोकन गरी अपरान्ह्र ३ बजे राजधानी फर्कने बताईएको छ ।
दुईदिने नेपाल भ्रमणका लागि उनी मंगलबार दिउँसो साढे एक बजे आएका हुन्। छ सुरक्षागार्डसहित आएका अभिनेता राजधानीको द्वारिकाज होटलमा बसेका थिए । आफूलाई शिक्षा र खाद्यान्नका कार्यक्रममा लागि पर्न रुचाउने बताउँदै आएका आमिर नेपाल भ्रमण पनि युनिसेफले सञ्चालन गरिरहेको पोषण सम्बन्धी कार्यक्रमका लागि रहेको बताइएको छ। तीन वर्षदेखि उनी युनिसेफसँग आबद्ध रही काम गरिरहेका छन्।


0 comments
तपाईंको प्रतिकृया