Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
२१ लाख रुपैयाँ तिरेर जमानतमा छुटे पारस

काठमाडौं । लागुऔषधसहित बैंककमा एक साताअघि पक्राउ परेका पूर्वयुवराज पारस शाह ७ लाख थाई भाट अर्थात करीव २१ लाख नेपाली रुपैयाँ धरौटी राखेर छुटेका छन् ।
थाई प्रहरीसँग नेपालको पूर्वराजपरिवारको सदस्यले कुराकानी गरेर पारसलाई जमानतमा छुटाइएको स्रोतले जनाएको छ ।  यसको चाँजोपाँचो मिलाउन पूर्व शाहज्यादी शितास्मा शाह र पारसका पूर्व स्वकीय सचिव राजेश सिंह बैंकक गएका थिए ।
जमानतको रकम हुण्डीमार्फत दुई चरणमा पठाइएको निर्मल निवास स्रोतले जनाएको छ । यसैबीच पारसलाई नेपाल फर्काउनका लागि पत्नी हिमानी राज्यलक्ष्मी शाह र बहिनी प्रेरणा राज्यलक्ष्मी सिंह पनि बैंकक जाने भएका छन् । निर्मल निवास सम्वद्ध उच्च स्रोतका अनुसार पूर्वराजाले हिमानीलाई बैंकक जान सल्लाह दिएपछि उनी पारस फर्किने अवस्थामा सँगै ल्याउने गरी जान सहमत भएकी हुन् ।
पारसका साथबाट बरामद भएको पार्सलमा मेथाम्फेटामिन र मारिजुवयना नामका दुई अलग अलग पोका लागुऔषध बरामद भएको जानकारी त्यहाँको प्रहरीले बैंककस्थित नेपाली दूतावासलाई गराएको थियो । शाह दुई वर्षअघि पनि लागु औषधसहित समातिँदा उनलाई पुनस्स्थापना केन्द्रमा पठाइएको थियो ।

0 comments

तपाईंको प्रतिकृया