एघार बुँदे प्रतिवद्धता पछि सदन सुचारु
गोलीकाण्डबारे संसदीय छानविन आयोग बनाईने
काठमाडौं । बारा गोलीकाण्डबारे संसदीय छानविन आयोग बनाउने सहमति भएको छ । सरकारको तर्फवाट ११ वुदे प्रतिवछता जनाएपछि संसदको अवरोध पनि हटेको छ ।
दलहरुबीच भएको छलफलमा घटनाबारे छानविन गर्न संसदीय आयोग बनाउने सहमति भएको छ । सहमति लगतै संसदमा सम्बोधन गर्दै गृहमन्त्री बामदेव गौतमले प्रहरीको गोली लागी मारिएका जयनारायण पटेललाई सहिद घोषणा गर्न पहल गर्नेसहितको सहमति कार्यान्वयनका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
स्थानीयस्तरमा भएको सहमतिमा मृतकका परिवारलाई अधिक्तम राहत दिन पहल गर्ने, मृतक पटेलको सालिक बनाउन पहल गर्ने, उनको घरसम्म कालोपत्रे सडक पुर्याउने, छानविन गरी दोषीलाई कारबाही गर्ने लगायतका छन् ।
सोमबार संसदको बैठक सुरु हुनासाथ एमाओवादी र मधेसवादी दलहरुले बारा घटनाबारे गृहमन्त्रीले झूठो बयान दिएको भन्दै संसद अवरुद्ध पारेका थिए । सिम्रौनगढमा सडकको माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीयबासीसँग हरिहरपुरमा भएको झडपमा सशस्त्र प्रहरीले गोली चलाउँदा पटेलको मृत्यु भएको थियो ।

0 comments
तपाईंको प्रतिकृया