Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एमाओवादी संसदीय दलको उपनेतामा रायमाझी

काठमाडौं । एमाओवादी संसदीय दलको उपनेतामा टोपवहादुर रायमाझी चयन भएका छन् । बिहीवार बसेको एमाओवादी संसदीय दलको बैठकले रायमाझीलाई उपनेतामा चयन गरेको हो ।
यसैगरी बैठकले संसदीय बोर्डसमेत गठन गरेको छ । बोर्डको सचिवमा अग्नी सापकोटालाई चयन गरिएको छ । बैठकले दलको सचेतकमा भने रेशा शमालाई नियुक्ती गरेको छ । पार्टी अध्यक्ष प्रचण्ड संसदीय दलको नेता बनेको लामो समय बित्दा पनि एमाओवादीले पार्टीभित्रको आन्तरिक किचोलोका कारण दलको उपनेता र सचेतकको नाम टुंगो लगाउन सकेको थिएन ।
बैठकले डोटी, धादिङ सिन्धुली,लगायत देशका विभिन्न ठाँउमा भएका दुर्घटनामा मृत्यु हुने नागरिकहरु प्रर्ति श्रद्धान्जली व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ ।



0 comments

तपाईंको प्रतिकृया