Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
नापीका सर्भेक्षक घुससहित पक्राउ

भैरहवा । जिल्ला नापी कार्यालय रुपन्देहीका सर्भेक्षक राजेन्द्रलाल श्रीवास्तव सेवाग्राहीवाट घुस लिदै गर्दा रङ्गेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शुक्रवार रङ्गेहात पक्राउ गरेको हो ।
श्रीवास्तवले सेवाग्राहीबाट घुस माग्ने गरेको पटक पटक उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी राखेको थियो । सोही क्रममा शुक्रबार तीन हजार नगद सहित उनी पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय रुपन्देहीका प्रमुख निराजन घिमिरेले जानकारी दिए ।
 श्रीवास्तव पड्सरी गाविस–५ ठुटिपिपल निवासी हुन । अख्तियारको टोलीले उनको साथबाट ६७१६१६, ८२४४१३ र ६६२०३६ नम्बरका एक हजार रुपैंयाका तीन वटा नोट बरामद गरेको छ ।

0 comments

तपाईंको प्रतिकृया