Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सवारी दुर्घटनामा १० जनाको मृत्यु

हेटौडा । मकवानपुरको बासमाडीमा भएको यात्रुबाहक रात्रीबस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।
 दुर्घटनामा परी इलाम बरबोटे ४ का प्रवीनराज आचार्य, इलाम पीपलबोटेका रोसन भट्टराई, इनपा २ की सुजता काफ्ले, इलाम नाम्सालिङका मिलन अधिकारी, इनपा ३ रक्षा श्रेष्ठ, इनपा ४ इसा कार्की, इलामका प्रिजेज दाहाल, इटहरीकी शान्ति लुइटेल, थर खुल्न नसकेकी आस्था र रसियन नागरिक २६ वर्षकी दरिया मल्चापोभा रहेको छन ।
दुर्घटनामा परी ३० जना घाइते भएका छन् । इलामबाट काठमाडौं आउँदै गरेको ना ५ ख ४८४१ नम्बरको मेट्रो डिलक्स बस र काठमाडौंबाट बिराटनगर जाँदै गरेको ना ४ ख ५४४८ नम्बरको  बस राति ठोक्किएका थिए ।

0 comments

तपाईंको प्रतिकृया