लुम्विनीमा अन्तराष्ट्यि वौद्ध सम्मेलन हुने
बुटवल । गौतमवुद्धको जन्मस्थल तथा अन्तराष्ट्यि पर्यटकिय स्थल लुम्विनीमा अन्तराष्ट्यि वौद्ध सम्मेलन हुने भएको छ । कात्तिक २९ गते देखी मंसिर २ गते सम्म जारी रहने उक्त सम्मेलनमा३० देशका ४ सय जनाको सहभागिता रहने आयोजकले जनाएका छन ।
‘वौद्ध संस्कृती र सम्पदाको सम्वद्र्धन, सुरक्षा र संरक्षण’ विषयक उक्त सम्मेलन लुम्विनी वौद्ध विश्वविद्यालय अन्तर्गत थेरवाद वुद्धिष्ट एकेडेमी र म्यानमारको सागाइङगमा रहेको सितगु ईन्टरनेशनल वुद्धिष्ट एकेडमीको संयुक्त आयोजनमा हुन लागेको हो ।
सम्मेलनमा युनेस्को, एसियाली विकास वैक लुम्विनी विकास कोष, लुम्विनी वौद्ध विश्वविद्यालय लगायतका स्वदेही तथा विदेशी वौद्ध भिक्षु तथा वौद्ध विद्धानहरुवाट ९४ वटा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरिने सोमवार वुटवलमा आयोजित पत्रकार सम्मेलनमा विश्व शान्ति विहारका सदस्य सचिव भिक्षु निग्रोधले जानकारी दिए । उनका अनुसार नेपालका ४६ जना र विदेशका ४८ जनाको कार्यपत्र प्रस्ुतत हुने छन ति कार्यपत्रहरु नेपाली र अंग्रेजी भाषामा रहने छ ।
सम्मेलनमा नेपाल लगायत रुस, वेलायत, जापान, स्वीटजरल्याण्ड, इटली, वंगलादेश, श्रीलंका, पाकिस्तान, चीन, दक्षिण कोरिया ,मंगोलिया, इण्डिोनेशिया, क्म्वोडिया, मलेसिया, म्यानमार, अमेरिका, अष्टेलिया, भारत, भियतनाम, लाओस, आयरल्याण्ड, जर्मनी, प्रान्स, व्राजित, स्कटल्याण्ड र भुटानवाट कार्यपत्र प्रस्ुत हुने उनले जानकारी दिए । नेपालमा हुन लागेको सार्क सम्मेलन अघि लुम्विनीमा हुन लागेको उक्त सम्मेलनले लुम्विनीको विषयमा सकारात्मक सन्देश जाने अपेक्षा आयोजले गरेका छन । लुम्विनी स्थित म्यानमार धम्महलमा हुने सम्मेलनको उद्घाटन राष्ट्पति रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको मिडिया संयोजक नविन चित्रकारले बताए । सम्मेलनको लागी नेपालका उपसंघनायक तथा थेरवाद वुद्धिष्ट एकेडेमीका अध्यक्ष भिक्षु डा ज्ञानपुर्णक महास्थविरको संयोजकत्व तथा अन्तराष्ट्यि वौद्ध विद्यालय संघका अध्यक्ष भिक्ष्ु डा अशिन ञानस्सिरको सहनेतृत्वमा ४० सदस्यीय मुल आयोजक समिती गठन गरी तयारी गरिएको छ ।
तयारी अन्तिम चरणमा पुगेको वताईएको छ । सम्मेलन प्रस्तुत कार्यपत्रमाथी समुहगत छलफल गरी लुम्विनी घोषणापत्र जारी गरिने भएको छ । सम्मेलनमा १ करोड ८० लाख रुपैया खर्च हुने बताईएको छ । मंसिर २ गते विदेशवाट आएका अतिथी पाहुनाहरुलाई लुम्विनी ,देवदह, रामग्रम र तिलौराकोटको सांस्कृती भ्रमण गराउने आयोजकले जनाएका छन ।


0 comments
तपाईंको प्रतिकृया