Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
फुटको संघारमा वैद्य माओवादी

काठमाडौं । पार्टी अध्यक्ष मोहन वैद्य‘किरण’सँग सचिव नेत्रविक्रम चन्द‘विप्लव’ले राख्दै आएको असन्तुष्टीले अन्ततः नेकपा–माओवादीलाई विभाजनतर्फ धकेलेको छ । 
केह वर्ष अघि एकीकृत नेकपा–माओवादीबाट अलग भएर बनेको थियो नेकपा–माओवादी ।  चन्दले पार्टीको पदाधिकारी बैंठक र पोलिटव्यूरो बैठक बहिष्कार गरिसकेका छन् । पार्टीभित्र अल्पमतमा रहेका विप्लव आफू सँधै अल्पमतमा पर्ने भएकाले पार्टीको संस्थापन पक्षले आयोजना गर्न लागेको केन्द्रीय समितिको बैठक पनि बहिष्कार गर्न लागेको सम्बद्ध स्रोतले जनाएको छ ।
विप्लव पाँचजना पदाधिकारीको टिममा एक्ला छन् भने पोलिटव्यूरोमा उनलाई खड्गबहादुर विश्वकर्माले मात्र साथ दिएका छन् । ४३ पूर्ण केन्द्रीय सदस्यहरुमध्ये सन्तोष बुढा, जयपुरी घर्ती, भरत बम, इश्वरी दाहाल, उमा भूजेल, मौसम लिम्बु लगायत ११ सदस्य उनको पक्षमा देखिएका छन् भने १०८ बैकल्पिक केन्द्रीय सदस्यहरुमध्येबाट समेत गरेर ४० जनाभन्दा बढी केन्द्रीय सदस्यहरु आफ्नो पक्षमा रहेको दावी विप्लव पक्षीय नेताहरुले गर्दै आएका छन् ।
प्राप्त जानकारी अनुसार नेता विप्लवले ‘पार्टीभित्र पार्टी, संगठनभित्र संगठन, योजनाभित्र योजना’ सहित अगाडि बढ्ने रणनीति लिएका छन् । त्यही योजनान्तर्गत कात्तिक १८ गते आफूपक्षीय केन्द्रीय सदस्यहरुको एक भेलाद्वारा उनले पार्टीको संरचना तयार गरिसकेका छन् । त्यही पार्टीले बनाएको योजनान्तर्गत कात्तिक २६ गत्ते अवध राज्यमा एक राष्ट्रिय भेला गर्ने तयारी गरेका छन् । विप्लवले आफू अल्पमतमा पर्ने संस्थापनले बोलाएको कुनै पनि बैठकमा उपस्थित नहुने निर्णय पनि गरेका छन् । निर्णय अनुसार नै ‘नयाँ जनवादी क्रान्ति–जिन्दावाद’लगायतका नाराहरुको वालपेन्टिङ थालेका छन् ।
पार्टीको केन्द्रीय तहमा विभाजनको रेखा कोरिन थालेपछि नेकपा–माओवादीका अधिकांश नेता कार्यकर्ताहरु चिन्तित बन्न थालेका छन् । 

0 comments

तपाईंको प्रतिकृया