सयपत्रि गोल्डकपमा खाम्चा एफसीको जित
दिपक न्यौपाने
बुटवल । बुटवल १२ रामनगर रुपन्देहीमा सन्चालीत तेस्रो सयपत्रि गोल्डकप फुटबल प्रतीयोगीताको आइतबार सम्पन्न खेलमा खाम्चा एफ सी बुटवलले जित हात पारेको छ ।
बुटवल । बुटवल १२ रामनगर रुपन्देहीमा सन्चालीत तेस्रो सयपत्रि गोल्डकप फुटबल प्रतीयोगीताको आइतबार सम्पन्न खेलमा खाम्चा एफ सी बुटवलले जित हात पारेको छ ।
खाम्चाले सिद्धार्थ युव क्लब चपरहट्टीलाइ ३ शुन्यले पाखा लगाएको हो । प्रतिस्पर्धात्मक खेलमा खाम्चाका लागी जर्सि नं १६ का राज श्रेष्ठ,जर्सि नं ८ का अजय थापाले गोल गरेका थिए भने चपरहट्टीका खेलाडी यम रानाले आत्मघाती गोल गरेक थिए । खेलमा चपरहट्टीक एलन थापा म्यान अफ दी म्याच घोषीत भएका थिए । प्रतीयोगीता अन्र्तरगत भोली सोमबारको खेलमा टेन्सबर्ग फर्साटीकर युव क्लब फर्साटीकर र सौभाग्य युव क्लब बुटवलका विचमा खेल हुने क्लबका अध्यक्ष नन्दु काउचाले जानकारी दिनुभयो ।
मसिंर ६ गतेसम्म सन्चालन हुने प्रतीयोगीतामा १६ टिमले सहभागीता जनाएका छन भने बिजेत टोलीले १ लाख १ हजार १ सय ११ साथै शिल्ड मेडल प्राप्त गर्ने छन । यसैबिच प्रतीयोगीतामा दर्शकहरुको सहभागीता बढ्दै गइरहेको छ । महिला तथा अपाङ हरुलाइ निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने अन्यलाइ क्लबले ३० रुपैयाको शुल्क राखेको छ । गोल्डकप मानबज्ञान उच्च माबिको खेल मैदान रामनगरमा सन्चालन भैरहेको छ ।

0 comments
तपाईंको प्रतिकृया