Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
गौतमबुद्ध विमानस्थल निर्माण गर्न चिनियाँ कम्पनीसँग सम्झौता

भैरहवा। नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि एक चिनियाँ विमानस्थल निर्माण कम्पनीसँग सम्झौता गरेको छ ।
 चीनको नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कस्ट्रक्सन ग्रुपसँग उक्त विमानस्थल रु छ अर्ब २२ करोड ५१ लाख २० हजार २२७।९१ लागतमा सन् २०१७ को अन्त्यसम्ममा निर्माण सम्पन्न गर्ने गरी प्राधिकरणले आज सम्झौता गरेको हो ।
 सम्झौतामा धावन मार्ग, ट्याक्सी मार्ग, जहाज तथा मोटर पार्किङ्स्थल, अन्तर्राष्ट्रिय टर्मिनल भवन कम्प्लेक्स्सहितको टावर निर्माण, कार्गो भवनको निर्माण र अग्नि नियन्त्रण भवनसहितको पूर्वाधार निर्माण गर्ने उल्लेख छ ।
ठेक्का सम्झौता भएको मितिले तीन वर्षभित्र कार्य सम्पन्न गर्नुपर्ने भएको र निर्माण कम्पनीले प्रक्रिया अगाडि बढाएलगतै प्राधिकरणले रकम उपलब्ध गराएर निर्माण कार्यलाई सहज बनाउने प्राधिकरणका महानिर्देशक रतिश्चन्द्र लाल सुमनले जानकारी दिए ।
 भैरहवामा निर्माण हुने उक्त विमानस्थलको निर्माणपछि पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने र गौतमबुद्धको जन्मस्थलको अन्तर्राष्ट्रियस्तरमा थप प्रचारप्रसार हुने विश्वास लिइएको छ । सम्झौतापत्रमा नेपालका तर्फबाट प्राधिकरणका महानिर्देशक सुमन र निर्माण कम्पनीका तर्फबाट कम्पनीका महाप्रबन्धक झाउ जुनले हस्ताक्षर गरेका थिए ।

0 comments

तपाईंको प्रतिकृया