Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
इस्लामिक नववर्षको अवसरमा १ सय ३ जनाले गरे रक्तदान

बुटवल । इस्लामिक नववर्षको अवसरमा रजा–ए मुस्तफा मस्जिद समिति रुपन्देहीले सोमबार बुटवलमा रक्तदान गरेको छ । मस्जिद समितिले इस्लामिक नववर्ष १४३६ औं हिजरी सम्वत् तथा मोहर्रम शरिफ  र कर्बलाका शहिदहरुको सम्झनामा रक्तदानको आयोजना गरेको थियो । वुटवल ३ स्थित मस्जित परिषरमा भएको रक्तदान कार्यक्रममा  रक्तदान कार्यक्रममा १ सय ३  जनाले रक्तदान गरेको समितीले जनाएको छ ।
 कार्यक्रममा  बुटवल नगरपालिकाका कार्यकारी अधिकृत ध्रुवबहादुर खडकाले सबै धर्म र समुदायबीच एकता र सदभाव दर्शाउन यस्ता कार्यक्रमले समाजमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले  धार्मिक सहिष्णुता आजको आवश्यकता रहेको उल्लेख गर्दै इस्लाम धर्मावलम्बीहरुले बेलाबखतमा गरेका सामाजिक कार्यहरुको प्रशंसा गर्नुभयो ।  उनले बुटवल नगरपालिकाले भेदभाव नगरी सबै समुदायलाई सहयोग गरिरहेको र गर्दै जाने बताए  ।
राष्ट्रिय मुस्लिम आयोगका केन्द्रीय अध्यक्ष मोहम्मद निर्दोष अलीले हिजरी सम्वतको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझै रचनात्मक कार्य गर्दै जान शुझाव दिए ।  रजा–ए मुस्तफा मस्जिद समितिका अध्यक्ष समसुुधिन मियाको अध्यक्षता र सचिव रहमद खानको सञ्चालनमा भएको कार्यक्रममा मस्जिद समितिका उपाध्यक्ष मकबुल मिया, सदस्य मकुल शाह, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव रुद्रहरि कुंवर, वडा नागरिक मञ्चकी संयोजक समा श्रेष्ठ, बुटवल माविका प्रधानाध्यापक अकरमुल्लाह खां लगायतले मन्तव्य व्यक्त गरेका थिए  ।

0 comments

तपाईंको प्रतिकृया