पश्चिमाञ्चलमा पोखरेल निर्वाचित
बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितीको अध्यक्ष पदमा लोकराज पोखरेल निर्वाचित भएका छन । उनका प्रतिद्धन्दी गुप्तवहादुर खत्री क्षेत्रीलाई भारी मत अन्तरले पछि मार्दे उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन । पोखरेल प्रतिद्धन्दी क्षेत्रीलाई २ सय ७६ मतले पछि पार्दै निर्वाचित भएका हुन् । पोखरेलले ५ सय ६ मत प्राप्त गरे भने उनका प्रतिद्धन्दी क्षेत्रीले २ सय ३० मत प्राप्त गरे । पोखरेल यस अघि समितीमा कोषाध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा अध्यक्ष पदको जिम्मेवारी पुरा गरिसकको ट्क व्यवसायी हुन ।
समितीको आगामी नेतृत्वमा पोखरेलको प्यानलको वर्चश्व देखिएको छ । गुल्मी सेक्टर उपाध्यक्ष तथा महासचिव वाहेक अन्य पदमा पोखरेल प्यानलका उम्मेदवार विजयी भएका छन । पुर्व अध्यक्ष पोखरेल र खत्री क्षेत्री ले छुट्टा छुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका थिए ।
वरिष्ठ उपाध्यक्षमा यमप्रसाद पाण्डे निर्वाचित भएका छन् । उनले प्रतिद्धन्दी डिल्लीराम रिजाललाई २ सय ४९ मतले पछि पार्दै निर्वाचित भएका हुन् । पाण्डेले ४ सय ९२ मत प्राप्त गरे भने रिजालले २ सय ४३ मत प्राप्त गरेका छन् । यसैगरी सेक्टर उपाध्यक्ष रुपन्देहीमा भने प्रकाश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यसैगरी उपाध्यक्ष लोकलतर्फ पोखरेल प्यानलकै खगराज गौतम निर्वाचित भएका छन् । उनले प्रतिद्धन्द चेतबहादुर थापा (अमर) लाई २ सय ४३ मतले पछि पार्दै निर्वाचित भए । गौतमले ४ सय ९० मत प्राप्त गरे भने थापाले २ सय ४७ मत प्राप्त गरेका छन ।
यसैगरी उपाध्यक्ष गुल्मीमा खत्री प्यानलका प्रेम श्रेष्ठ निर्वाचित भएका छन् । पोखरेल प्यानलका नारायण रेग्मीलाई ३ मतको अन्तर पछि पार्दै श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले ३ सय ७१ मत प्राप्त गरे भने रेग्मीले ३ सय ६८ मत प्राप्त गरेका थिए ।
त्यसैगरी अर्घाखा“ची सेक्टर उपाध्यक्ष युवराज पन्त ३ सय २५ मत प्राप्त गरी निर्वाचित भएका छन् । पन्तका प्रतिद्धन्दी गोपालप्रसाद न्यौपानेले २ सय ५३ मत पाए । मञ्जु भुसालले १ सय ६१ मत प्राप्त गरिन् । त्यसै गरी उपाध्यक्ष नवलपरासीमा पोखरेल प्यानलकै हरिप्रसाद कंडेल निर्वाचित भएका छन् । उनले खत्री प्यानलका खुमबहादुर वि.सी.(गोविन्द) लाई २ सय ८८ मतको अन्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।
महासचिवमा गुप्तबहादुरको प्यानलका टिकाराम गौतम निर्वाचित भएका छन । चुनावी दौडमा प्रतिद्धन्दी प्रताव बहादुर कार्कीलाई झिनोमत अन्तरले पछाडी पार्दे उनी विजयी भएका हुन । गौतमले ३ सय ७७ मत प्राप्त गरेका छन भने कार्कीले ३ सय ५७ मत मै चित्त वुझाउनु परयो ।
पंकज राईले ४ सय ५६ मत प्राप्त गरी सचिव पदमा निर्वाचित भएका छन । उनका प्रतिद्धन्दी गुप्तबहादुर केसी (राजु) ले २ सय ९२ पाएको थिए । त्यसै गरी कोषाध्यक्षमा सिद्धार्थ उदय विजयी भएका छन । उनले ४ सय ५६ मत पाए भने जीतबहादुर भाटले ३ सय ४५ मत प्राप्त गरे । सदस्य पदमा पोखरेल प्यानलका सवै उम्मेदवार विजयी भएका छन । आठ सदस्य पदको लागी १८ जना चुनावी मैदानमा उत्रिएका थिए । प्रकाश जिसी, गोपाल लम्साल, रुद्रबहादुर श्रेष्ठ, हरि प्रसाद रिमाल, वसन्त खड्का, टिकाराम तिमिल्सीना, पिताम्वर गैरे र पुर्णवहादुर वोहोरा सदस्य पदमा विजयी भएका प्रमुख निर्वाचन अधिकृत महेन्द्र प्रसाद पाण्डेले जनाएका छन ।

0 comments
तपाईंको प्रतिकृया