Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बुटवलमा लुम्विनीका मोडलको खोजी

बुटवल । लुकेर रहेका प्रतिभाको खोजी गरी अवसर दिने उदेश्यले लुम्बिनी मोडल हन्ट २०७१ हुने भएको छ । 
लुम्विनी अंचल भित्रका जिल्लामा रहेका मोडलहरुको खोजीको लागी कार्यक्रम गर्न लागिएको आयोजक लायन्स क्लव अफ बुटवल सिटीका अध्यक्ष विनोद पोख्रेलले जनाएका छन । 
फाईनल अडिसन मंसिर २५ गते मिलन फिल्म हल वुटवलमा हुने प्रवन्ध निर्देशक किशन कु“वरले जानकारी दिए । उनका अनुसार हन्टको तयारी तिव्र वनाईएको छ । अडिशनमा चर्चित नायक भुवन केसी नायिका एनी कु“वर, गायक राजमी कुमार लगायतको उपस्थिती रहेन छ । 
 करिव ८ लाख रुपैया खर्च हुने उक्त कार्यक्रममा पहिलो हुने मोडललाई  म्युजक भिडियोमा खेल्ने अवसर दिईने  कु“वरले बताए । लेडिज र जेन्स उत्कृष्ठ मोडल छनोट गरी उनिहरुलाई आधुनिक म्युजिक भिडियोमा खेल्ने अवसर दिईने छ । उत्कृष्ट मोडलले चाहेमा नगद पुरस्कार पनि लिन सक्ने उनले बताए । दोश्रो हुनेलाई नगद पुरस्कार र तेश्रो हुनेलाई आकर्षक उपहारको व्यवस्था गरिएको छ । आयोजकले अडिसनमा भाग लिन चाहनेहरुको लागी फारम खुल्ला गरिएको जनाएका छन ।  
उत्कृष्ट मोडल छनोटको लागी ६० जना भन्दा वढि प्रतिस्पर्धीको सहभागीता रहने क्लवका सदस्य तथा गायक रामजी कुमारले जानकारी दिए । उत्कृष्ट २ मोडललाई म्युजिक भिडियोमा खेल्ने मौका दिई राष्ट्यि स्तरमा स्थापित गर्न लागीएकाले पनि धेरै युवायुवतीहरु मोडलको प्रतिस्पर्धामा आउने उनले बताए । 

0 comments

तपाईंको प्रतिकृया