Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बास्केटबलको उपाधी लुम्बिनी इन्जिनियरिङ कलेजलाई

बुटवल । प्रथम छन्त्याल कप खुल्ला बास्केटबल प्रतियोगिताको उपाधी लुम्बिनी इन्जिनियरिङ कलेज भलबारीले चुमेको छ ।
 आईतवार भएको फाईनल खेलमा भू.पु. सैनिक क्लब, देविनगरलाई पछि पार्दे लुम्विनी इन्जिनियर कलेज ले उपाधी चुमेको हो ।  लुम्विनीले नगद १० हजार रुपैया हात पारयो भने भुपु सैनिकले ५ हजार रुपैयामा चित्त वुझाउनु परयो ।  नेपाल छन्त्याल विद्यार्थी संघ रुपन्देहीको आयोजना तथा  इभोलुसन क्लब अफ बुटवल १४, तामनगरको सह आयोजनामा भएको वास्केटवल प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।  प्रतियोगितामा लुम्विनी इन्जिनियरिङकलेजमा निश्चल गुरुङ्ग मस्ट म्यालुवर प्लेयर घोषित भए भने राजु गुरुङ हाई स्कोलर घोषित भएको कार्यक्रम संयोजक गोकुल छन्त्यालले जानकारी दिए । आईतवार एक कार्यक्रम विच विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गरिएको छ । 
 नेपाल छन्त्याल  संघ जिल्ला समिति रुपन्देहिका अध्यक्ष दलबहादुर छन्त्यालको अध्यक्षता, भु.पु.सैनिक चारपालाका अध्यक्ष गंगाबहादुर छन्त्यालको प्रमुख आतिथ्यता, इभोलुसन क्लव अफ बुटवल १४, तामनागरका महेश राईको विशेष आतिथ्यता तथा संघका सचिव प्रेम छन्त्यालको संचालनमा कार्यक्रम भएको थियो । 

0 comments

तपाईंको प्रतिकृया