Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
श्रीलंकाका राष्ट्रपति राजपाक्ष लुम्बिनीमा

लुम्बिनी । सार्क सम्मेलनमा सहभागी हुन नेपाल आएका श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्ष लुम्बिनी आइपुगेका छन् । मंगगलवार विहान राजधानी काठमाडौवाट ओर्लेका उनि सिधै भगवाल गौतमवुद्धको जन्मस्थल लुम्विनी आएका हुन । 
 जपाक्षलार्इ खेलकुद मन्त्री पुरूषोत्तम पौडेल र लुम्बिनी विकास कोषका पदाधिकारीले स्वागत गरेका छन् । विशेष विमानबाट लुम्बिनी आएका राजपाक्षले लुम्बिनीस्थित बुद्धको जन्म भएको चिनो रहेको मायादेवी मन्दिरको अवलोकनका साथै पुजा अर्चना गरे ।
मायादेवी मन्दिरमा पुजा अर्चना पछि उनी नागरिक अभिनन्दन कार्यक्रममा सहभागी भए । कार्यक्रममा युवा मन्त्री पौडेलले अभिनन्दन पत्र पढेर सुनाएका थिए । त्यसपछि राजपाक्षले अशोक स्तम्भनजिकै दीप प्रज्ज्वलन गरे ।राजपाक्षले श्रीलङ्काली तीर्थयात्री विश्रामगृह, श्रीलङ्का सरकारको सहयोगमा निर्मित पुलको उद्घाटन गर्नुका साथै श्रीलङ्काली विहार र लुम्बिनी बौद्ध विश्वविद्यालयको निरीक्षण गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रपति राजपाक्षको आगमनलार्इ मध्यनजर गरी लुम्बिनी क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।  पास विनाका सवारी साधनहरु चल्न दिइएका छैनन् । मन्दिर दर्शनका लागि आएका पर्यटकलाई भैरहवास्थित एयरपोट चोकमै रोकिएको छ । भारतसँगका सीमा नाकाहरु एकतर्फीरुपमा बन्द गरिएका छन् । भारतबाट नेपाल छिर्न रोक लगाइएको छ भने  नेपालबाट भारत जान छुट छ । 

0 comments

तपाईंको प्रतिकृया