भारतीय प्रधानमन्त्री मोदी भन्छन ‘सहमतिमै छिटो संविधान बनाउनुस्’
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका राजनीतिक दलहरुलाई सहमतिकै आधारमा छिटो संविधान निर्माण गर्न आग्रह गरेका छन् ।
मंगलबार ट्रमा सेन्टरको उद्घाटन कार्यक्रममा बोल्दै उनले सबैको सहमतिमा संविधान जारी गर्न आग्रह गरेका हुन् । ‘संविधान लेख्न ढिला नगर्नुस् । जनताको विश्वास नतोड्नुस्’ प्रधानमन्त्री सुशील कोइराला पनि सहभागी कार्यक्रममा मोदीले भने, ‘संविधान निर्माण भएपछि नेपालमा लोकतान्त्रिक अवस्था सुदृढ हुन्छ । लोकतान्त्रिक अवस्थाले नयाँ शक्ति दिन्छ । म सबै राजनीतिक दलहरुलाई अनुरोध गर्छु, सहमतिबाट संविधान निर्माण गर्नुस् ।’ दलहरुबीच संविधानका अन्तर्वस्तुमा सहमति जुट्न नसकेर संविधान निर्माण प्रक्रिया अवरुद्ध भएका बेला छिमेकी भारतका प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् ।
भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनी, जनकपुर र मुक्तिनाथको दर्शन गर्न फेरि नेपाल आउने पनि विश्वास दिलाए । मोदीले ट्रमा सेन्टर सञ्चालनको लागि चाहिने प्राविधिक तथा आर्थिक सहयोग गरिरहने बताए ।


0 comments
तपाईंको प्रतिकृया