पाच लाखको दुर्घटना र एक लाखको औषधी उपचार बीमाको माग
पाल्पा । नेपाल प्रेस युनियनले कम्तीमा ५ लाख बराबरको दुर्घटना वीमा तथा १ लाख बराबरको औषधी उपचार वीमाको व्यवस्था गरि त्यसको तिर्नुपर्ने वीमा प्रिमियममा रोजगारदाता मिडिया हाउसले ६० प्रतिशत र श्रमजिवी पत्रकारले ४०प्रतिशत तिर्नुपर्ने व्यवस्था तत्काल लागु गर्नुपर्नेमा माग गरेको छ ।
नवलपरासीको अमलटारीमा बसेको बैठकले यस्तो माग गरेको हो । युनियनका अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा बसेको पहिलो पूर्ण बैठकले श्रमजिवी पत्रकारको वीमा गर्ने कार्यलाई सहयोग पुर्याउन मिडिया हाउसहरुलाई समेत अनुरोध गरेको छ ।

ऐनले सम्वोधन गर्न नसकेको श्रमजिवी पत्रकारहरुको दुर्घटना वीमा तथा औषधी उपचार वीमाका लागि रोजगारदाता मिडिया हाउसलाई समेत उत्तरदायी बनाउनुपर्ने पक्षमा युनियन रहेको महासचिव अजयबाबु सिवाकोटीले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
श्रमजिवी पत्रकारहरुका हकहितको सुनिश्चित गर्न ट्रेड युनियन आन्दोलनको पक्षमा आफ्नो पूर्ववत अडानहरुलाई अझ संस्थागत रुपमा लिएर जाने पक्षमा युनियन उभिएको छ । श्रमजिवी पत्रकारहरुको ट्रेड युनियन अधिकारको पक्षमा वकालत गर्दै आएको युनियन यहि जगमा स्थापना भएको संस्था भएको जनाउँदै देशभर विभिन्न सञ्चार माध्यममा कार्यरत नेपाली श्रमजिवी पत्रकारहरुको हितका लागि ट्रेड युनियन अभियान तथा आन्दोलन सञ्चालन गर्नुको विकल्प नभएको जनाएको छ । नेपाली श्रमजिवी पत्रकारहरुको हकहितका लागि युनियनको अमलटारी वैठक नेपाल पत्रकार महासंघलाई ट्रेड युनियन संस्था तथा अभियानको रुपमा लैजानुपर्ने पक्षमा उभिएको अध्यक्ष सिग्देलले बताए ।
उनले श्रमजिवी पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षा अहिले पनि चुनौतीपूर्ण रहेको बताउँदै श्रमजिवी पत्रकारहरु राजधानी तथा मोफसलमा अझै पनि नियुक्तीपत्र विना काम गर्न वाध्य भएको बताए ।

0 comments
तपाईंको प्रतिकृया