Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पहिचानसहितको संघीयता नभए आमहडताल गर्ने प्रचण्डको चेतावनी

दाङ। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिचानसहितको संघीयता नभए  आमहडताल थाल्ने चेतावनी दिएका छन् ।
रोल्पा जाने क्रममा सोमबार दाङको घोराहीमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले नयाँ बन्ने संविधानमा पहिचानको आधारमा राज्य पुनःसंरचना नभए २२ दलिय मोर्चासहितका पहिचानवादी शक्तिले देशभर आमहडताल गर्ने बताए ।
सहमतिबाटै संविधान निर्माण होस् भन्ने पक्षमा रहेको भन्दै उनले कांग्रेस र एमालेले बलजफ्ती गर्न खोजे स्थिति गम्भीर हुने बताए । कांग्रेस र एमालेले ल्याएको प्रस्तावमा पहिचान झिकिएको भन्दै उनले भौगोलिक विभाजन मात्रै गरिएको प्रस्ताव अस्वीकार्य भएको बताए ।
एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेले सहमतिको बाताबरणलाई बिथोलेको आरोप लगाए । उच्चस्तरीय राजनितिक समितिको बैठकमा आउँदैनौं भनेर कांग्रेस एमालेले भन्नु गलत भएको उनको टिप्पणी थियो । प्रचण्डसहितका नेताहरु जनयुद्धको पहिलो पल्ट आक्रमण गरेको होलेरी बास बस्ने छन् ।  अध्यक्ष प्रचण्ड सहित महासचिब कृष्णबहादुर महरा, सचिब बर्षमान पुन र नेता नन्दकिशोर पुन छन् ।

0 comments

तपाईंको प्रतिकृया