Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
घुस लिएको २१ लाख ४० हजार नगद सहित विमानस्थल भन्सारका सुब्बा पक्राउ

काठमाडौं । विमानस्थल भन्सारका नायव सुब्बा हरिवंश कार्की घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीलाई कार्कीलाई धुम्बाराहीको मुनलाइट क्याफेबाट शुक्रबार राति ८ बजेतिर दुई भन्सार एजेन्ट देवराज भट्टराई र प्रेम कार्कीलाई पक्राउ गरेको हो । उनको साथबाट २१ लाख ४० हजार नगद बरामद भएको छ ।  घरमा लुकाइ राखेको दुई झोला पैसा बराबद भएको छ ।
अबैध सुन तस्करी गर्दा पक्राउ परेकाहरुलाई छुटाइदिन्छु भन्दै घुस लिएको आरोप छ । अख्तियारका अधिकारीहरुका अनुसार अवैध सुन ल्याउँदा पक्राउ परेका भारतीय नागरिकहरु अहिले पुर्पक्षका लागि थुनामा छन् । थुनामा रहेकाहरुलाई छुटाइदिन्छु भन्दै भन्सार एजेन्टमार्फत घुस लिएको सूचनाका आधारमा अख्तियारको टोली धम्बाराही पुगेको थियो ।

0 comments

तपाईंको प्रतिकृया