इभेन्टले एकै पटक २३ हजार युवालाई तालिम दिने
बुटवल । नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको व्यसायीक शिक्षा तथा तालिम अभिवृद्धि(इभेन्ट) परियोजनाले हाल सम्म २७ हजार ५ सय गरिव तथा वेरोजगार युवालाई व्यवसायीक मुलक तालिम प्रदान गरेको जनाएको छ ।
विश्व वैकको आर्थिक सहयोगमा २०६८ साउन १ देखी परियोजना संचालन भएका होे । उक्त परियोजनाले तालिम मात्र नभई तालिम पश्चात रोजगारीलाई पनि प्राथमिकता दिने गरेको जनाएको छ ।
गरिव विपन्न तथा पिछडिएको समुदायको युवाहरुलाई लाई लक्षित गरी व्यवसायीमुलक तालिम प्रदान गर्दे आएको परियोजनाका निर्देशक लक्ष्मीराम पौडेलले जानकारी दिए । उनले मंसिर महिना देखी उपत्यका वाहिरका झण्डै ४० जिल्लाका १८ हजार युवालाई तालिम दिन लागिएको बताए । त्यसै गरी पुस महिना देखी उपत्यकाका तिन जिल्लाका ५ हजार जना युवालाई तालिम दिन लागिएको छ ।
परियोजनाले विभिन्न तालिम प्रदायक संस्थामार्फत ३ महिने तालिम दिदै आएको छ । पलम्वर, होटल म्यानेजमेण्ट, व्युटिसियन लगायतका ३६ भन्दा वढि विषयमा तालिम दिने गरेको उनले जानकारी दिए ।
वुटवलका टे्निङ इस्ष्टीच्युटहरुले पनि इभेण्टको तालिम संचालन गरिरहेका छन । वुटवलको एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेण्ट प्रालि (आस्थम)का निर्देशक जिएस गुरुङले मंसिर १ गतेदेखी १ सय ४० जनालाई वेटर र एण्डियन कुक तालिम दिन लागेको बताए । इभेण्टले दिउसो खाजासहित सवै विषयको तालिम निशुल्क दिदै आएको छ । वेरोजगार युवालाई शिपमुलक तालिम दिई रोजगार तथा स्वरोजगार वनाउने उदेश्यले परियोजना संचालन गरिएको सचिव नेत्रनारायाण पौडेले बताए ।
यसैविच ईभेन्ट परियोजनले देशभरमा रहेका विभिन्न तालिम प्रदायक संस्थाकहरुको जानकारी मुलक डाईरेक्टरी वेभपेज निर्माण गर्ने भएको छ ।

0 comments
तपाईंको प्रतिकृया