Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
क्युएए प्रमाणपत्र प्राप्त गर्दे राममणि बहुमुखी क्याम्पस

बुटवल । रुपन्देहीको मणिग्राममा स्थित राममणि बहुमुखी क्याम्पस अन्तराष्ट्यि शैक्षिक मापदण्ड पुरा गरी क्यु.ए.ए. (गुणस्तर प्रत्यायोजन प्रमाण) प्राप्तीको अन्तिम प्रकृयामा रहेको जनाइएको छ । नेपालमा ९ सामुदायिक क्याम्पसले क्यु ए ए गुणस्तर प्रत्यायोजन प्रमाण प्राप्त गरिसकेका छन । 
विश्व विद्यालय अनुदान आयोगले प्रदान गर्ने अन्तराष्ट्यि शैक्षिक मापदण्ड पुरा गर्न लागेको क्याम्पस प्रशासनले जनाएको हो । मंगलवार क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख मोहनराज शर्माले गुणस्तर प्रत्यायोजन प्रमाणपत्र प्राप्तीको लागी भौतिक शैक्षिक आर्थिक तथा क्याम्पसको विधि पक्षमा सुधार भएको जानकारी दिदै यो वर्ष भित्र प्रमाणपत्र प्राप्त गर्ने बताए ।
 उनले भने–‘ क्यु एएको लागी क्याम्पसले धेरै सुधारको चरणहरु पार गरिसकेको छ । अव प्रमाणपत्र प्राप्त गर्ने अन्तिम चरणमा छौ ।’ उनले क्याम्पसमा अनुसन्धान ,  परामर्स सेवा व्रिजकोर्ष , प्रवेश परिक्षा लगायतका शैक्षिक कार्यको शुरुवात गरिएको जानकारी दिए ।  क्याम्पस प्रशासनले एक वर्षे कार्ययोजना वनाएर क्याम्पसको भौतिक तथा शैक्षिक विकासको लागी कार्य गरेको जनाएको छ ।
 विद्यार्थीहरुकै गुणस्तर मापन गर्न समुह गठन गरिएको  नव आगन्तुक विद्यार्थिलाई व्रिजकोर्ष तथा तुलनात्मक रुपमा कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षा संचालन गरिएको उनले जानकारी दिए । त्यसै गरी क्याम्पसवाट उर्तिण भई गएका विद्यार्थीहरुको लागी रोजगारको लागी क्याम्पसमा रोजगार विभाग मार्फत जगारदाता निकाय संस्था उद्योग लगायत पहल गर्ने जनाईएका छ । क्याम्पस संचालक समितीका कार्यावाहक अध्यक्ष गोपाल भट्टराईले क्याम्पसको शैक्षिक गुणस्तरको लागी भौतिक विकासलाई प्राथमिकता दिदै शैक्षिक गुणस्तरलाई विशेष ध्यान दिएको बताए ।
 वि.सं २०४५ देखी त्रिभुवन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त गरी प्रमाणपत्र तहमा अध्यापन शुरु गरेको उक्त सामुदायिक क्याम्पसले हाल स्नातक तहतर्फ व्यवस्थापन ,शिक्षा र मानविकी  साथै स्नातकोत्तर तहमा मानविकी तर्फ समाजशास्त्र र मानवशास्त्र र व्यवस्थापन तर्फ एम वि एसको अध्यापन गराउदै आएको छ । उक्त क्याम्पसमा प्लस टु देखी स्नातकोत्तर सम्म अध्ययन गर्ने  विद्यार्थीको संख्या १ हजार ७ सय भन्दा वढि छ ।

0 comments

तपाईंको प्रतिकृया