विष्णुपुरामा गोली चल्यो, एकको मृत्यु
सुरक्षा गस्तीमा रहेको प्रहरीमाथि गोली चलाउँदा प्रहरीले जवाफी फायरिङ् गरेको बताइएको छ । मृतक भारतीय नागरिक मोस्ट वान्टेड सूचीमा रहेको प्रहरीको दावी छ ।
सोही घटनामा संलग्न भएको आशंकामा तीन जना पक्राउ परेका छन् भने एक जना फरार रहेको प्रहरी उपरिक्षक राजेन्द्र ढकालले जानकारी दिए । घटनास्थलबाट दुर्इ थान पेस्तोल,एक थान सिक्सर र भारतीय नम्बर प्लेटका दुर्इ मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । घटनास्थल विष्णुपुराको भैंसिहा लुम्बिनीबाट झण्डै २० किलोमिटर उत्तरतर्फ पर्दछ ।

0 comments
तपाईंको प्रतिकृया