Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सरकारी विद्यालयमा सिसि क्यामेरा

बुटवल । वुटवल १३ स्थित नविन औद्योगिक कदर बहादुर रिता उच्च माध्यमिक विद्यालयमा सिसि क्यामेरा जडान गरिएको छ । सिसि क्यामेराको विहिवार एक कार्यक्रमका विच नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि एवं सभाषद वालकृष्ण खाडले उद्घाटन गरे ।
त्यसै गरी ५४ लाख रुपैयाको लागतमा निर्माण गर्न लागिएको सभाहलको समेत सभाषद खाडले शिलान्यास गरे । सिसिटिभी विद्यालयको प्रशासनिक कार्यालयवाट मोनिटरिङ हुने गरी विद्यालय परिषरमा जडान गरिएको छ ।  एक लाख ५० हजार रुपैया खर्चमा जडान गरिएको वताईएको छ ।
भविष्यमा प्रत्येक कक्षा कोठामा समेत सिसि क्यामेरा  जडान गरिने  विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कदरबहादुर रायमाझीको अध्यक्षता प्राचार्य प्रेम वहादुर वस्नेतको संचालनमा भएको कार्यक्रममा वोल्दै सभाषद खाडले विद्यालयले भौतिक तथा शैक्षिक गुणस्तरमा विद्यालयले ध्यान दिएको बताए । सिसि क्यामेराले विद्यार्थीको पठन पाठनमा सहयोग पुराउने उनले विश्वास व्यक्त  गरे ।  रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकवहादुर थापाले सवै विद्यालयले शैक्षिक गुणस्तरलाई ध्यान दिन जरुरी रहेको बताए ।

0 comments

तपाईंको प्रतिकृया