सरकार यातायात क्षेत्रको समस्यामा गम्भिर नभएको गुनासो
अव छिटै ऐन परिमाजन हुन्छ : मन्त्रि निधी
बुटवल । यातायात व्यवसायीहरुले यातायात क्षेत्रमा देखिएको समस्या समाधानको लागी सरकार गम्भिर नभएको गुनासो गरेका छन ।
उनिहरुले सरकार यातायात मैत्री वन्न नसकेको आरोप लगाउदै उनिहरुले ऐन निती समानुकुल परिमार्जन हुन नसक्दा सार्वजनिक यातायात क्षेत्र समस्यावाट ग्रस्त भएको बताए
सुक्रवार भएको पश्चिम नेपाल वस व्यवसायी संघको २० औ साधारणसभा तथा अधिवेशन उद्घाटन कार्यक्रममा यातायात व्यवसायीहरुले अझैपनि यातायात क्षेत्र र त्यसमा लगानी गर्ने लगानीकर्ताहरुलाई हेर्ने दृष्टीकोण परिवर्तन हुन नसकेको गुनासो गरे । नेपाल राष्ट्यि यातायात व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष दिनेश भण्डारीले सरकार यातायात व्यवसायीको समस्याप्रति कत्तिपनि गम्भिर नभएको बताए ।संघका पुर्व अध्यक्ष चोपनारायण श्रेष्ठ सुर्य वहादुर भट्टराई चेकजाचको नाममा टफिक प्रहरीले वस व्यवसायीलाई अनावश्यक दुख दिने गरेको उनको गुनासो गरे ।
नेपाल ट्क तथा परिवहन व्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाटले यातायात क्षेत्रको समस्या समाधानको लागी विद्यमान ऐन कानुन पनि वाधक भएको बताउदै ऐन समयानुकुल हुने गरी शंसोधन गरिनु पर्नेमा जोड दिए ।
पश्चिम नेपाल वस व्यवसायी संघका अधयक्ष दधिराम खरेलले प्रतिवेदन पेश गर्दे सवारी दुर्घटना न्युनिकरणको लागी संघले अभियान नै संचालन गरेको बताउदै कलिला चालकका कारण धेरै दुर्घटना हुने गरेको पाईएकाले चालकको अनुमति पत्र लिदा २५ वर्ष उमेर कायम गर्नु पर्ने बताए । उनले सडकको क्षमता तथा आवश्यकता भन्दा वढि सवारी साधन भित्रिदा यातायात क्षेत्रको व्यवस्थापनमा चुनौति थपिएको बताए । अध्यक्ष खरेलले राज्यको प्रष्ट निती तथा अवधारणाको अभावमा यातायात क्षेत्रमा लगानी अस्वस्थ्य वनेको र व्यवसायीहर विस्थापित हुने अवस्थामा पगेको बताए । सरकारले २० वर्षे पुराना गाडीहर विस्थापित गर्ने निती ल्याएपनि त्यस वापत व्यवसायीलाई राहत नदिएको अवस्थामा संघले विस्थापित प्रति बस ६ लाख रुपैया राहत दिदै आएको बताए ।
व्यवसायीक कुरा सुने पछि भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधीले सवारी ऐन पुरानो भएकोले अव छिटै परिमाजर्नको खाँचो रहेको बताए ।
मन्त्री निधिले यातायात व्यवसायी र नेपाल सरकार विचमा कुनै पनि किसीमको प्रतिस्पर्धा नभएको भन्दै यातायात व्यवयायीको विचमा प्रतिपर्धा हुनुपर्ने बताएका थिए ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री बालकृष्ण खाणँले व्यवसायीको सुरक्षाको लागि आफु जहिले पनि तयार रहेको भन्दै यसको लागि आफ्नो साथ जहिले पनि रहेको बताएका थिए ।
नेकपा एमालेका उपमहासचिव तथा पुर्व सभासद् घनश्याम भुषालले यातायात व्यसायीहरु समृद्ध भएमा अन्य धेरै जसो क्षेत्र सक्षम र सवल हुने भन्दै यसको लागि सबै नेपालीको एकता हुनपर्ने बताएका थिए । एनेकपा माओवादीका संसदीय दलका उपनेता तथा सभास्द टोप बहादुर रायमाझिले बस जस्तो सेवामुलक संस्थालाई आधुनिकीकरण गर्दै लैजानु पर्ने आवश्यकता रहेको बताएका थिए ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुल्सी सिटौलाले सवै व्यवसायीहरुले नियम कानुनको परिधीमा रहेर उपभोक्तामुखी सेवा दिनु पर्ने वताउदै यातायात क्षेत्रको समस्या समाधानको लागी मन्त्रालय सकारात्मक भएको बताए ।
संघका अध्यक्ष खरेलको अध्यक्षता वरिष्ठ उपाध्इष गणेश बहादुर भट्टराईको स्वागत तथा महासचिव जिवन बन्जाडेको संचालनमा भएको कार्यक्रममा लुम्विनी इन्स्यौरेन्सका महाप्रवन्धक शेखर वराल, सभाषद भरतकुमार शाह, नेपाल पत्रकार महासंघका अध्यक्ष शेरवहादुर केसी, रुपन्देही व्यापार संघका अध्यक्ष श्रीकृष्ण पोख्रेल लगायतले बोलेका थिए ।
कार्यक्रममा उत्कृष्ठ चालक रामकुमार श्रेष्ठ, प्रकाश घिमिरे, सुरज भट्राई, दिवाकर ढकाल, कृष्ण बहादुर कोईराला, गुन बहादुर बुढाथोकी, एक बहादुर खड्कालाई सम्मान गरिएको थियो । त्यसै गरी पत्रकार भगवती पाण्डेलाई पनि सम्मान गरिएको थियो ।
त्यस्तै एसएलसीमा उत्कृष्ठ नतिजा ल्याउने लुम्बिनी अञ्चलका ६ वटा जिल्लाका सामुदायिक विद्यालयका १÷१ जना विद्यार्थीहरुलाई नगद सहित सम्मान गरिएको थियो भने व्यवसायीका उत्कृष्ठ नतिजा ल्याउने विद्याथीलाई समेत सम्मान गरिएको थियो । अधिवेशनले नया नेतृत्व गर्नेछ । जसको लागी सनिवार मतदान हुने निर्वाचन समितीले जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया