Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
काठमाडौं घोषणापत्र जारी गर्दे सार्क शिखर सम्मेलन समापन

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को १८ औं सार्क शिखर सम्मेलन ३६ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै विहिवार समापन भएको छ । १९ औं सार्क शिखर सम्मेलन पाकिस्तानले आयोजना गर्नेछ । सार्क अध्यक्षको औपचारिक जिम्मेवारी नेपालका प्रधानमन्त्री सुशील कोइरालाले पाएका छन् । सार्क राष्ट्रहरूबीच उर्जा सहकार्य सम्झौतामा हस्ताक्षर यसपटकका सार्क शिखर सम्मेलनको महत्वपूर्ण उपलव्धी रुपमा ठानिएको छ । सार्क राष्ट्रका कार्यकारी प्रमुखहरुको उपस्थितिमा सदस्य मुलुकका विदेश मन्त्रीहरुले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यो सम्झौतापछि सार्क सदस्य मुलुकहरुबीच बिजुली आदानप्रदान र उर्जा व्यापारको बाटो खुला भएको छ । सार्कका सदस्य मुलुकले आफूले चाहेको मुलुकसँग उर्जा किन्न र बेच्न पाउनेछन् । सार्क शिखर सम्मेलनमा सम्झौता हुने गरि सबै तयारी भए पनि पाकिस्तानको असहमतिका कारण सडक र रेलवे सन्जाल जोड्ने दुई महत्वपूर्ण सम्झौता भने यसपटक भएनन् । पाकिस्तानले समय नपुगेको र आन्तरिक तयारी पनि बाँकी रहेको भन्दै ती दुई सम्झौतामा हस्ताक्षर गर्न नमानेको स्रोतले जनाएको छ ।
सार्क शिखर सम्मेलनको समापन गर्दै प्रधानमन्त्री कोइरालाले उर्जा सहकार्य सम्झौता यो सम्मेलनको महत्वपूर्ण उपलव्धी भएको बताए ।

0 comments

तपाईंको प्रतिकृया